महिलाहरूकाे महान चाड तिजमा चेलीलाई १० सुझाव

दिनानुदिन तिजकाे बदलिदाे तडकभडक  रितिरिवाजका कारण समाजमा धेरै विकृति फैलाएर  महिलाहरू विच खिचातानी  बडेकाे छ । महिना दिन अगि देखी दर खाने भनेर नाैटंकी गरेर  कसले गहना धेरै लगाउने भनेर  छिमेकीसँग कम्पिटिसन गरेर  तिजलाइ भड,किलाे बनाउने महिलाले ध्यान  दिनु पर्ने छ । यस पालीकाे तिज  भदौ,८   बिहीवार छ।    ७ गते बुधवार तीजको  दर खाने दिन हाे  पहिलो दिन महिलाहरुले माइती पुगेर दर खाने नेपाली प्रचलन छ । सामान्यतया तीजको दिन व्रत हुने भएकोले एकभक्तेको राति दर खाने प्रचलन छ ।

तीज आउँदा दर त खानै पर्यो । तर स्वास्थ्यमा ध्यान नदिने हो भने विरामी पर्न सकिन्छ । सामान्यतया चाडपर्वको बेलामा खाँदा ध्यान पु-याइएन भने विभिन्न समस्या आइपर्न सक्छ ।त्यसमा पनि दर खाने र व्रत वस्ने भएपछि यसमा विशेष ध्यान पु-याउन आवश्यक छ । तीजमा पानी पनि नखाई व्रत वस्ने पुरानो परम्पराका कारण धेरै महिला ‘डिहाइड्रेसन’ को शिकार बन्ने गरेका छन् । पानी पनि नखाने तर नाच गाँनमा श्रम खर्च गर्दा विभिन्न समस्या आउँछ । जसका कारण ज्यानै जान सक्छ । तसर्थ तीजको खानपान र व्रतमा निकै ध्यान पु¥याउन आवश्यक छ ।

दरमा के–खाने, के–नखाने ?

१. दर खान बनाइने मिठा परिकारहरुमा धेरै चिल्लो हाल्नु हुदैन । चिल्लो पर्दाथमा कोलष्ट्रलको मात्रा धेरै हुन्छ, जसले शरीरलाई राम्रो गर्दैन ।

२. दर खाने भन्ने बित्तिकै दैनिक भन्दा बढी नै खाइन्छ । तर यसरी मात्रा नमिलाई खाँदा शरीरले एकैपटक पचाउन सक्दैन त्यसैले शरीरलाई चाहिने मात्र खानुपर्छ ।

३. दरमा खीर, अचार, विभिन्न किसिमका तरकारीहरुको परिकार, सलाद र मासुको पनि प्रयोग गरिन्छ । धेरै किसिमका परिकार बनाउदा स्वास्थ्यलाई फाइदा हुने गरी बनाउनु पर्छ । परिकारमा अन्य खानेकुरा भन्दा सलादको मात्रा धेरै हुनुपर्छ ।

४ आजभोलि विभिन्न ठाउँमा सामुहिक रुपमा दर खाने कार्यक्रमहरु नै आयोजना गरिएको हुन्छ । यसरी सामुहिक रुपमा खाने दरमा ‘फुड पोइजन’ हुने सम्भावना हुन्छ । त्यसैले सकेसम्म घरमै बनाएको दर खाँदा राम्रो हुन्छ ।

५. दर खाने नाममा आजभोलि महिलाहरु रक्सी (अल्कोहल) पनि खान्छन् । अल्कोहल पिउँदा शरीरलाई फाइदा गर्दैन । र, दुर्घटनामा समेत पर्न सकिन्छ ।

यी त भए दर खाँदा ध्यान दिइनुपर्ने विषय । दर खाँदा मात्रै होइन व्रत बस्दा पनि ध्यान दिनुपर्छ । व्रत बस्दा ध्यान दिइएन भने ज्यानै जान पनि सक्छ । तीजमा विवाहित महिलाहरु पतिको दीर्घायुको लागि र अविवाहितहरु राम्रो र असल पतिको कामनामा निराहार व्रत वस्छन् ।

अघिल्ला वर्षहरुमा तीजमा व्रत बस्दा महिलाहरूको ज्यान समेत गएको थियो । विशेष गरी सुगर र प्रेसरका रोगीहरुले व्रत बस्दा उनीहरुलाई खतरा हुन्छ । नियमित औषधि प्रयोग गर्ने महिलाहरुले व्रतको दिन औषधी समेत नखाँदा उनीहरुको स्वास्थ्यस्थितिमा नराम्रो असर समेत आउन सक्छ ।

कस्ता व्यक्तिले व्रत बस्ने र कसरी बस्ने ?

१. नियमित औषधी प्रयोग गर्ने महिलाको लागि तीजको निरहार व्रत उपयुक्त हुँदैन । पानी पनि नखाइ व्रत बस्दा उनीहरुको ज्यान पनि जान सक्छ ।

२. यदि व्रत बस्नै पर्ने अवस्था भए पानी तथा फलफुल खानुपर्छ र औषधी त छुटाउनै हुँदैन ।

३. शरीर कमजोर हुनेहरुले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरुले व्रत नबस्दा ठिक हुन्छ ।

४. तीजमा व्रत बसेका महिलाहरु मन्दिरमा पुजा गर्न धेरै भीडभाड भएको ठाउँमा लाईनमा बस्छन् । यसले भोको शरीर झनै थाक्छ । त्यसैले पानी पिउनुपर्छ ।

५. तीज भन्ने वित्तिकै व्रत मात्र होइन रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा पनि ख्याल गर्नुपर्छ । आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्र नाच्नुपर्छ । धेरै नाच्दा रिंगटा लागेर वेहोस हुने सम्भावना हुन्छ । जसका कारण स्वास्थ्यलाई ख्याल गरेर मात्र मनोरञ्जन गर्दा फाइदा पुग्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित