स्व:राजा बीरेन्द्रको अत्यन्त दुर्लभ फोटो ! यस्तो थियो स्व:राजा बीरेन्द्रको महानता !

यस्तो थियो हाम्रा लोकप्रिय राजा बीरेन्द्रको महानता !आफुलाई सम्मानको लागि बिछ्याइएको रेड कार्पेटमा तत्कालिन गद्दी आरोहण रजत जयन्तीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री बयोबृध मातृकाप्रसाद कोइरालालाई रेड कार्पेट्मा सम्मान गर्दै,आफू बाहिर हिड्दैं । तस्बीर साभार प्रकाश मास्केको फेसबुकबाट

वीरेन्द्र वीर विक्रम शाह(वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए । वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो भने, विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो । बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो । जसलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमा चिनिन्छ ।

तीन जना सन्तान युवराज दिपेन्द्र शाह, अधिराजकुमारी श्रुती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए । वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो । राजा बीरेन्द्रकै समयमा २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो । पानाखबरबाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित