कपाल लामो र सुन्दर बनाउने उपाय

चिसोमै कोर्ने

लामो कपालको सबैभन्दा ठूलो समस्या भनेको जेलिइरहनु हो । जेलिएर लट्टा परेपछि लामो कपाल भएकाहरू हैरान हुनुपर्छ । नुहाएर सुकेपछि लामो कपाल अल्झिने सम्भावना बढी हुन्छ । त्यसैले नुहाउँदा नै कोर्नुपर्छ । स्याम्पु र कन्डिसनर प्रयोग गरिसकेपछि मोटो दाँत भएको काँइयोले कोरेर अल्झिएका कपाल फुकाउनुपर्छ । यसो गर्दा सुकेपछि कपाल अल्झिने चिन्ता हुँदैन ।

ड्राई स्याम्पु

नुहाएलगत्तै ड्राई स्याम्पु प्रयोग गर्नु राम्रो हुन्छ । हेयर स्प्रेले रुखो र चिपचिपे पनि बनाउन सक्छ । यसको प्रयोग ठीक तरिकाले नगर्दा कपाल नासिन सक्छ ।ड्राई स्याम्पु निकै थोरै मात्र प्रयोग गर्नुपर्छ । ड्राई स्याम्पुले कपाललाई बाक्लो देखाउँछ ।

तेल लगाउने

कहिल्यै तेल नलगाएको कपाल कमजोर हुन्छ । कमजोर कपाल लामो छ भने झर्ने डर बढी हुन्छ । त्यसैले कपाल नुहाउनुअघि सधैँ तेल लगाउनु जरुरी छ ।

हाई पोनी टेल

लामो कपाल हुनेले प्रायः बाँधेर हिँड्दा राम्रो हुन्छ । यत्तिकै खुला छाड्दा हावाले सुक्खा बनाउन सक्छ र जेलिन सक्छ । कसिलो गरी बाँधिरहँदा कपालको जरासम्म हावा खेल्न पाउँदैन । वर्कआउटका वेला पनि कपाललाई माथि लगेर कसिलो गरी बाँध्नु हुँदैन । ‘हाई पोनी टेल’मा बाँध्दा तल्लो भागको कपाल गह्रौँ हुने र जरामा भार पर्ने हुन्छ । हल्का खुकुलो गरेर केही तल्लो भागमै बाँध्नु उत्तम हुन्छ ।

बाँधेर सुत्ने

सुत्ने वेला कपाल खुला छोड्नु अर्को ठूलो गल्ती हो । खुकुलो गरी बाँधेर सुत्नुपर्छ । यसो गर्दा बिहान उठ्दा कपाल जेलिएको हुँदैन । सकेसम्म तकियाको खोल सिल्कको प्रयोग गर्दा निकै राम्रो हुन्छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित