सामुदायिक विद्यालयल लेखा परीक्षण गराउँदैनन्

बैतडी / जिल्लाका अधिकांश सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण गराएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीका अनुसार धेरैजसो विद्यालयले लेखा परीक्षण नगरेको पाइएको हो ।

उहाँले भन्नुभयो, “विद्यालयल आफँैले लेखा परीक्षकको नाम सिफारिश गरेर यस पठाउनुपर्नेमा त्यसो नगरेकाले यस इकाइले नै लेखा परीक्षकका लागि दर्खास्त आह्वान गरेको छ । विद्यालयले हरेक आर्थिक वर्षको अन्त्यमा लेखा परीक्षण प्रतिवेदन बनाउनुपर्ने कुरा शिक्षा ऐनमै उल्लेख भएको इकाइ प्रमुख अवस्थीले बताउनुभयो ।

जिल्लाका ४१८ आधारभूत विद्यालय र १२३ माविमध्ये एक÷दुई विद्यालयले मात्रै नियमितरुपमा लेखा परीक्षण गरेको विद्यालय निरीक्षक शंकरदत्त जोशीले बताउनुभयो । सामुदायिक विद्यालयले समयमै लेखा परीक्षण नगर्दा विभिन्न खालका समस्या देखापरेका छन् ।

जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराजले भन्नुभयो, “शिक्षण संस्था पारदर्शीताको पाठ पढाउने संस्था भएकाले ती संस्थाले समयमै लेखा परीक्षण गराउन आवश्यक रहेको छ ।” सरकारको कमजोरीका कारण लामो समयसम्म पनि लेखा परीक्षण हुन नसकेको चनैराज माध्यमिक विद्यालय श्रीकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टले बताउनुभयो ।“विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नहुँदा यस्तो समस्या आएको हो”, उहाँले भन्नुभयो, “लेखापालले नै शिक्षण गर्नुपर्दा समस्या बढेको हो ।”

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित