छात्राहरुलाई सेनेटरी प्याड प्रयाेग बारे सिप सिकाइदै

तेह्रथुम / दुर्गम क्षेत्रका छात्राहरु महिनावरी हुँदा सामान्य कपडाको प्रयोग गर्दै समय बिताउनु तेह्रथुमका ग्रामिण क्षेत्रमा कुनै नौलो कुरा भएन । महिनावरी हुँदा प्रयोग गरीने प्याडको बारे ज्ञान नहुँदा घरमै पाईने फोहोर भएका कपडाहरु नै काफी बन्दै आएको छ । छात्राहरुको कोशोरी हुँदै गए सँगै शारिरीक परिर्वत सँगै हुने महिनावरी कारण बिद्यालय छा्ेड्नु पर्ने अबश्था सिर्जना हुने गरेका छात्राहरुले बताउने गरेका छन । बिद्यालय समयमा महिनावारी हुँदा प्याडको बारे ज्ञान नभएका कारण प्रायजसो छात्राहरुलाई यस्तै समस्या हुने गरेको शिक्षकहरुले बताउने गरेका छन । छात्राहरु महिनावारीकै कारण २ देखी ३ दिन सम्म बिद्यालय छुटाउनु परेको बाध्यता रहँदै आएको छ । यस बिभीन्न समस्याले भित्र रहेका बिद्यालयमा अध्यायनरत छात्राहरुलाई सेनेटरी प्याडको बारे जिल्लामै पहिलो पटक छथर क्षेत्रमा रहेका माध्यमिक बिद्यालयहरुमा सिप प्रदान देउराली सोसाईटी तेह्रथुमका सामाजिक परिचालक मंगल लिम्बुले बताए ।

बिद्यालयका अध्यायनरत कक्षा ८,९र १० का छात्राहरुलाई बिद्यालयमै तालिम सञ्चालन गरेर प्याड निमार्णको बारे ज्ञान प्रदान गरीएको थियो । बजार क्षेत्र भन्दा टाढा रहेका छात्राहरुलाई महिनावरी हुँदा सहजता बनोस भन्ने उदेश्यका साथ सिप दिईएको लिम्बुको भनाई रहेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाका ९ वटा माध्यमिक बिद्यालयमा अध्यायनरत ३ सय २५ जना छात्राहरुलाई प्याड निमार्णको बारे तालिम प्रदान गरीएको छ । स्थानीय बजारमा पाईने सस्तो कपडालाई ब्याबश्थीत रुपमा तयार गरी प्रयोग गर्नका लागी छात्राहरुलाई ज्ञान प्रदान गरीएको छ । निमार्ण गरीएकोृ सेनेटरी प्याडलाई पुन प्रयोग गर्नका साथै सस्तो र सहज हुने बताएका छन ।

महिनावरी हुँदा छात्राहरुले अबश्था हेरी बिभीन्न साईजका बनाएर प्रयोग गर्न सक्ने सोसाईटीका सामाजिक परिचालक शमिर लिम्बुले बताए । बिद्यालयका अध्यायनरत छात्राहरुका साथै गाउँमा रहेका कोशोरीहरुलाई प्याडको बारे जानकारीका साथै निमार्णका लागी हौसला प्रदान गर्न आबश्यक रहेको सिप लिएका छात्राहरुले बताएका छन । किशोरी अबश्थामा हुने शारिरीक परिवर्तनका साथै महिनावरी हुदाँको अबश्था, लक्षण,ध्यान दिनु पर्ने कुराहरु जोखिमबाट बच्ने उपायहरु लगायतको बिषयमा छात्राहरुलाई गाउँपालिकामा रहेका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए । छथर गाउँपालिकाको आर्थीक सहयोगका साथै देउराली सोसाईटी तेह्रथुम अन्तरगत बाल अधीकार तथा शान्ती शिक्षा कार्यक्रम अन्तरगत छात्राहरुलाई तालिम प्रदान गरीएको हो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित