यी हुन क्यान्सरका लक्षण – पढ्नुहोस, जान्नुहोस र अमुल्य जीवन बचाऊनुहोस

एजेन्सी । शरीरमा कैयौ यस्ता दुखाई हुन्छ; जस्तै, थकान लाग्नु, लामो समयसम्म ज्वरो आइरहनु आदिलाई सामान्य सम्झेर हामीले त्यसमा ध्यान दिँदैनौं तर, यी संकेत शरीरका लागि खतरनाक हुनसक्छ । अर्थात यिनले क्यान्सर पनि जन्माउन सक्छ । त्यसैले मानिसले स–साना समस्यामा पनि सावधानी अपनाउनुपर्छ । रोग लागेपछि मृत्युवरण गर्नुभन्दा रोग लाग्नु अगाडि नै लक्षण थाहा पाएर अमूल्य जीवन बचाउन सकिन्छ ।

यहाँ केही क्यान्सरका लक्षण प्रस्तुत गरिएको छ जसले जीवन बचाउन मद्दत गर्नेछः

– खाना खाइसकेपछि छातिमा हल्का दुःखाई हुनु वा पीडा महसुस भइरहेको छ भने यो लक्षण एसोफेजियल क्यान्सरको हो । तुरुन्त डाक्टरसँग सल्लाह लिनुस् ।

– पेटको तल्लो भागमा दुःखाई हुनु, फुल्नु वा पेट खराब हुनुको संकेत कोलोरेक्टल क्यान्सरको सुरुआती लक्षण हुनसक्छ । यसका साथै यसले लिभरमा ट्युमर पनि हुनसक्छ । सावधानी अपनाउनुस् र डाक्टरलाई देखाउनुस् ।

– खाना निल्दा दुःखाई र पीडा हुन्छ भने यसले गलाको क्यान्सरको संकेत गर्छ । साथै यदि दुःखाई बढी नै हुँदैछ भने यसले फोक्सोमा पनि समस्या ल्याउँछ ।

– कहिले काँही अचानक आवाज भारी हुन्छ । र गलामा दबाब बढ्नु(दुख्नु) यो संकेत थाइराइड क्यान्सरको लक्षण हुनसक्छ ।

– खानपान र कसरतमा कुनै कमी नगर्दा पनि तीव्र रुपमा तपाईको तौल घटिरहेको छ भने यो कलोन क्यान्सरको वा फेरि पाचनसँग सम्बन्धित क्यान्सर हुनसक्छ । यसले लिभरको पनि समस्या हुनसक्छ ।

– स्वास फेर्नमा दुःखाई हुनु फोक्सोको क्यान्सर लक्षण हो । यो लक्षणले थाइराइड क्यान्सरको समस्या पनि निम्त्याउन सक्छ । तुरुन्त डाक्टरलाई देखाउँनुस् ।

– पेटको क्यान्सरको सुरुआती संकेत हुन्छ पेटको बीचमा र माथिल्लो भागमा दुख्नु । जसले ग्यास वा फेरि जलन जस्तो महसुस हुन्छ ।

– लामो समयसम्म पाचन प्रणाली दुरुस्त नहुनु, डायरियाको सिकार बन्नु र पेट सफा हुँदा पीडा महसुस गर्नु क्यान्सरको संकेत हुनसक्छ ।

– पुरुषमा पिसाब फेर्दा दुःखाई हुनुले प्रोस्टेट क्यान्सरको लक्षण देखाउँछ । साथै इरेक्शनको समस्या पनि प्रोस्टेट क्यान्सर हुनसक्छ ।

– लगातार तीव्र ज्वरो आइरहनु, लामो समयसम्म ल्यूकेमिया(रगतमा सेतो देखिनु)को संकेत हुन्छ र एकदमै धेरै थकान महसुस हुन्छ भने यो पनि क्यान्सरको सुरुआती लक्षण हो । यी लक्षण देखिए तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित