बिरामी रिफर गरेको आरोपमा डाक्टरलाई जरिवाना !

विराटनगर । विराटनगरको हस्पिटल चौकमा रहेको संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिले डाक्टरको काबुमा नरहेको बिरामीलाई पनि आम्दानीको लोभमा जबर्जस्ती उपचार गराउन लगाउने गरेको खुलेको छ । अस्पतालमा कार्यरत डाक्टर आलोक रायलाई एक बिरामीलाई उपचार गर्न नसक्ने भन्दै विपी प्रतिष्ठानमा रिफर गर्दा ५० हजार आम्दानी घाटा गराएको भन्दै अवकासको पत्र मात्रै थमाइएन ५० हजार जरिवाना तिर्न पत्र पनि काटिएको रहस्य बाहिर आएको हो । अस्पतालमा कार्यरत मेडिकल अफिसर डा.आलोकलाई हस्पिटलका नयाँ आएका व्यवस्थापकले मर्यादा विपरित उपचार गराउन दवाव दिएका हुन् । ‘यस हस्पिटलमा नयाँ व्यवस्थापन समिति आएको १० दिन भयो,’ डा. रायले भने, ‘यहाँ कार्यरत चिकित्सकलाई बिरामीको गैरकानुनी तरिकाले दवाव दिएर उपचार गराउन लगाउँछन् ।

डा. रायका अनुसार गम्भीर केशमा आएका एक जना विरामीलाई रिफर गरी अन्यत्र हस्पिटल पठाउँदा ५० हजार रुपैयाँ जरिवाना दिएर हस्पिटलबाट आफूलाई अवकास दिइएको बताए । ‘असार १९ गते बेलुका ११ बजे हस्पिटलमा ४७ वर्षीया रुरु माया मुगनको कलेजो बिग्रिएर किड्नीमा असर गरेको थियो,’ उनले भने ‘यसको उपचार धरानमा मात्र हुन्छ । यहाँ उपचार सम्भव नभएपछि रिफर गर्दा ५० हजार रुपैयाँ जरिवना गरी अस्पताल व्यवस्थापनले २० असारमा जागिरबाट हटाएको पत्र मेरो हातमा थमाइ दियो,’ उनले भने ।

हस्पिटलका कार्यकारी निर्देशक कमलेशकुमार कर्णले डा. रायलाई हटाएको पत्रमा उक्त विरामीबाट अस्पताललाई करिब ५० हजार रुपैयाँ आम्दानी हुने भएकाले सो बराबरको जरिवाना लिइएको उल्लेख छ । चिकित्सक रायले उक्त हस्पिटलले कुनै स्पष्टीकरण माग नगरी सिधैँ जरिवाना गरी जागिरबाट निकालेको भन्दै आवश्यक सहयोग माग्दै असार २१ गते नेपाल चिकित्सव संघ कोशी अञ्चल विराटनगरमा निवेदन दिएका छन । कर्णले भने बिरामीलाई रिफर गर्दा प्रक्रिया नपुगेको कारण डाक्टरलाई पत्र भने दिन लागिएको बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित