४ वर्षे छोरालाई जिउँदै जलाइने आमा

ये एउटा दर्दनाक अमेरिकामा घटेको  घटनाले सबैलाई स्तब्ध बनाएको छ । एउटा बच्चाको जीवनमा आमाको ठूलो महत्व हुन्छ । अझ सानो बेलामा त बच्चाका लागि आमा र आमाका लागि बच्चा नै सबै थोक हुन्छन् ।

एमेलिया डिस्टासिओ नाम गरेकी एक महिलाले आफ्नै ४ वर्षीय छोरालाई जिउँदै जलाएर मारेकी छन् । प्रहरीका अनुसार एमेलियाले उनको छोरालाई ७ वटा बेल्टले बाथटबमा बाँधी जलाएर मारेकी हुन् । प्रहरी घटनास्थलमा पुग्दा ती ४ वर्षे बालक एन्टोनियोको शरीर आधा भन्दा बढि जलेर उनको मृत्यु भइसकेको थियो । उता छोरालाई जलाइसकेपछि एमेलिया भने घर छोडेर भागेकी थिइन् ।

यसबारेमा प्रहरीलाई उनीहरुका छिमेकीले खबर गरेका थिए । छिमेकीका अनुसार अघिल्लो रात मात्र एन्टोनियोले ‘ममी मलाई छोडिदिनुहोस् । म अबदेखि त्यस्तो कहिल्यै गर्दिन ।’ भन्दै रोइरहेको सुनिएको थियो । त्यसपछि भोलिपल्टै घरबाट आगो बलेर जलेको गन्ध आएपछि उनीहरुले प्रहरीलाई खबर गरेको बताएका छन् ।

वास्तवमा आमा एमेलियाले छोरा नरभक्षक भएको भन्दै उसको त्यसरी निर्मम हत्या गरेको स्वीकारेकी छन् । छोराले मान्छेको मासु खाएको शंका लागेपछि उनले एन्टोनियोलाई जलाएर मारेको बताइन् । उनी घरबाट टाढा भागिसकेकी थिइन् तर अन्त्यमा उनलाई प्रहरीले पक्रेरै छाडे । अहिले उनी जेलमा छिन् । उनका पति घरमा नभएका बेला यस्तो भएकाले अहिले एमिलियाका पति पछुताइरहेका छन् । उनको छोराको आत्माले शान्ति पाओस् र एमिलियाले कडा सजाय पाउन् भन्ने उनी प्रार्थना गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित