विपन्न सानुलाई उपचारमा सहयोग

अर्जुनधारा, झापा / आर्थिकरुपमा विपन्न अर्जुनधारा–३ स्थित खुदुनाबारी निवासी सानु लिम्बूको उपचारका लागि सहयोग रकम जुटेको छ । अर्जुनधारा युथ क्लबले एपेन्डिसाइटिसको शल्यक्रिया गर्न उहाँलाई रु १० हजार सहयोग रकम आज उपलब्ध गराएको क्लबका सचिव विजय राईले बताउनुभयो । हाल भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा उपचाररत उहाँको केही दिनमा शल्यक्रिया हुने बिरामी सानुले जानकारी दिनुभयो । सहयोग रकम प्राप्त भएपछि आफ्नो उपचार सम्भव हुने भएकामा उहाँले क्लब परिवारलाई धन्यवाद भन्नुभएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित