गम्भीर रोगीलाई रु १२ लाख सहयोग

ललितपुर / गोदावरी नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गरिरहेका गम्भीर प्रकृतिका रोगबाट ग्रसित ४७ बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
मुटु, अर्बुदरोग तथा मिर्गाैलाजस्ता रोगबाट ग्रसित अशक्त बिरामीका लागि आव २०७४÷७५ मा प्रतिव्यक्ति रु २५ हजारका दरले रु एघार लाख ७५ हजार सहयोग गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले प्रमुख महर्जनले बताउनुभयो । आगामी आवमा समेत सो किसिमका बिरामीका लागि आवश्यक सहयोग गरिँदै जाने नगरपालिकाको नीति छ । नेपाल सरकारबाट समेत त्यस्ता बिरामीलाई सहुलियत प्रदान गरिँदै आएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित