उदयपुरमा गर्भपतन गर्नेको संख्या बढ्दै

उदयपुर / उदयपुृरमा विगतको तुलनामा आकस्मिक गर्भपतन गर्नेको संख्यामा वृद्धि भएपनि अस्थायी साधन प्रयोग गर्नेको संख्या घट्दै गएको छ । जिल्लामा परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्ने तथा सुरक्षित गर्भपतन गराउनेको संख्यामा कमी आएको छ ।

आकस्मिक गर्भपतनका औषधी प्रयोग गर्नेहरुको संख्या बढेपछि परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्ने र सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको हो । पछिल्लो समय उदयपुरमा गर्भधारण भएपछि आकस्मिक गर्भपतनका साधनहरुको प्रयोग गर्नेको संख्या बढेको तथ्याङ्कले देखाएको छ ।

चिकित्सकको सल्लाहा बिना हुने मेडिकल एभर्सनले पर्ने असरको जानकारी नहुँदा महिलाहरु जोखिमा पर्ने गरेका छन् । गर्भपतनको औषधि जथाभावी प्रयोगले स्थास्थ्यमा पार्ने असरको ज्ञान नहुँदा विशेष गरेर ग्रामीण भेगका महिलामा समस्या हुने गरेको छ । त्रियुगा नगरपालिका– १५ नगरको दुर्गभ क्षेत्र भनेर चिनिने खाँबुमा एउटी महिला र ३ पुरुषले मात्रै अस्थायी साधनको प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ । त्यो तथ्यांकलाई आधार मान्दा पनि अस्थायी साधनको प्रयोग घटदै गएको पाईन्छ । खाँबु क्षेत्रको बालबालिका सम्बन्धी बस्तुगत विवरण (प्रोफाइल) मा एउटी महिलाले मात्रै अस्थायी साधन प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । ‘यो तथ्यांकले पनि साधनको प्रयोग घटदै गएको देखाउँछ,’ स्थानीय कुलबहादुर मगरले भने, ‘दुई वर्ष अघि सम्म अस्थायी साधनको प्रयोग गर्नेको संख्या सयको हाराहारी थियो । तर अहिले एक जना मात्रैले प्रयोग गरेको देखिनु भनेको झन्डै शतप्रतिशत घटेको उनको भनाई रहेको छ ।

त्रियुगा नगरपालिका– १५ खाँबुमा ४ हजार ९ सय ३१ जनसंख्या मध्ये १९ वर्ष माथिका १ हजार ३ सय ३३ महिला र २ हजार ४ सय ५२ पुरुष छन् । १९ वर्ष माथिका जनसंख्या मात्रै हेर्दा पनि १ सय १८ ले मात्रै अस्थायी साधन प्रयोग गर्नु भनेको घटदै जानु नै रहेको जनस्वास्थ्य अधिकारी बताउँछन् । अस्थायी साधनको प्रयोग प्रतिको सोचमा आएको परिर्वतनले पनि असर पारिरहेको ती अधिकारीको दाबी छ ।

त्रियुगामात्रै होइन चौडण्डिगढी, कटारी र बेलका नगरपालिकको अधिकांश वडामा समेत अस्थायी साधनको प्रयोग घटेको छ । नगरपालिकाको भन्दा चार गुणाले गाउँपालिकामा अस्थायी साधन प्रयोग नगर्नेको संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डमा देखिन्छ । लिम्चुबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिका मध्ये लिम्चुबुङ र रौतामाईमा अस्थायी साधनको प्रगोग गर्नेको संख्या नगन्य रहेको छ ।

अस्थायी साधन प्रयोग गर्नेको संख्या घटदै गएको छ । सहर बजारको तुलनामा पहाडी क्षेत्रमा यो संख्या घटदै जानुमा गर्भपतनका औषधिको प्रयोग बढेको छ । सर्बसुलभ तरिकाले ग्रामीण क्षेत्रमा समेत गर्भपतन गराउने औषधिको उपलव्धता पनि हो । ग्रामीण क्षेत्रमा स्वास्थ्य शिक्षाको पहुँच नहुँदा पनि साधन प्रयोग घटनुको असर भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

बैदेशिक रोजगारीले पनि अस्थायी साधनको प्रयोग घटदै गएको विज्ञ बताउँछन् । खाँबुलाई मात्रै हेर्दा पनि २ सय ८६ भन्दा बढी युवा बैदेशिक रोजगारमा गएका छन् । त्यसैले पुरुष विदेश गएपछि अस्थायी साधन प्रयोग पनि घटेको स्वास्थ्यकर्मि बताउँछन् ।

अस्थायी साधनको प्रयोग घटने क्रममा छ,’ जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले भने, ‘घटनुको कारण गर्भपत औषधिको अधिक प्रयोग, बैदेशिक रोजगारी, गर्भ निरोधकको पद्धतिको प्रयोगले पनि हो । तर घटेको देखिनुको अर्को कारण निजी क्षेत्र र गैरसरकारी संस्थाले वितरण गर्ने अस्थायी साधन प्रयोग गर्ने बारे स्वास्थ्य कार्यालयलाई तथ्यांक नदिनु पनि एउटा कारण रहेको उनले बताए ।

बैदेशिक रोजगार, गर्भपतनका औषधि, चेतनामा कमी, साधनको सयममै उपलब्धता नहुनु जस्ता कारण भए पनि घटनुको कारण अध्ययन गर्नु पर्ने आवश्यक रहेको बताईन्छ । अस्थायी साधनको प्रयोग कम हुँदै गए पनि जनसंख्या दर बढेको छ कि छैन, बढेको भए त्यसले पछि पार्ने असर र भविष्यमा अपनाउनु पर्ने रणनीतिका लागि अध्ययन आवश्यक रहेको विज्ञहरू बताउँछन् । यता बजारमा जथाभाबी रुपमा कानुनले निषेध गरेको वा चिकित्सकको बिना सल्लाहा गर्भपतनको औषधी राख्नु वा पाउनुले समेत अस्थायी साधान प्रयोगमा कमि ल्याएको स्वास्थ्यकर्मिको भनाई रहेको छ ।

बजारमा पाईने यस्तो गर्भपतनको औषधी खुल्मखुल्ला किन बेच हुने गरेकाले पनि झनझटियो अस्थायी साधानको सट्टा गर्भ रहेपछि गर्भपतनको औषधी प्रयोग गर्ने गरेको एक औषधी ब्यवसायीको भनाई रहेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित