कोशीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

हरिपुर । कोशी गाउँपालीकामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोशी गाउँपालीका र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजना तथा गोल्डेन हस्पिटल बिराटनगर मोरङको सहयोगमा शनिबार सो शिविर सम्पन्न भएको हो । एक नम्बर प्रदेशका प्रहरी नायब महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्य तथा कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी,प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरिया,कोशी गाउँपालीकी उपाध्यक्ष अनिता यादव,हजरत हुसेन,धर्मेन्द्र विश्वास लगायतको उपस्तिथि थियो । बिराटनगर गोल्डेन अस्पताल बाट वरिष्ठ फिजिसियन डाक्टर श्यामकुमार रौनियार सहित स्त्रीरोग,हार्डजोर्नी लगायत विशेषज्ञहरुले बिहान ८ बजेदेखि ५ बजेसम्म सेवा दिएका थिए ।

कोशी गाउँपालीका र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजना तथा गोल्डेन हस्पिटल बिराटनगर मोरङको सहयोगमा आयोजित सो शिविर बाट ४ सय ६६ जनाले सेवा लिएको आयोजकले जनाएको छ । शिविरमा कोशी गाउँपालीका क्षेत्रका ८ वार्ड सहितका सेवाग्राहीहरुले सेवा लिएका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित