सौन्दर्यका लागि काँक्रोको प्रयोग विधि

गर्मी मौसममा सौन्दर्यलाई बचाइराख्नु चुनौतीपूर्ण विषय हो । चर्को घामले छाला डढाउनेदेखि धुवाँ–धुलोले दिक्क बनाउनेसम्मका समस्या सामना गर्नुपर्ने हुन्छ । यस्तो मौसममा आफ्नो सौन्दर्य बचाइराख्न विभिन्न क्रिमको प्रयोग गरिन्छ । यद्यपि, काँक्राको प्रयोगले पनि सौन्दर्यलाई कायम राख्न सकिन्छ । यस्तो छ काँक्राको प्रयोग विधि : डार्क सर्कल आँखाले पनि हाम्रो अनुहारको सौन्दर्यमा गहिरो भूमिका खेल्छ । आँखामा हुने डार्क सर्कल, लर्जीलगायतका समस्याले अनुहारलाई कुरूप बनाउँछ । आँखामा भएको डार्क सर्कललाई हटाउन काँक्रा महत्वपूर्ण साबित हुन्छ ।

यसका लागि काँक्रालाई गोलाकार रूपमा काटेर आँखामाथि २० मिनेटसम्म राख्न सकिन्छ । काँक्रामा भएको एन्टिअक्सिडेन्ट र सिलिका नामक तत्वले अनुहारलाई शीतलता पनि प्रदान गर्छ । क्लिन्जरको काम गर्मी मौसममा चर्को घामको किरणले अनुहारको छाला डढाएर कालो बनाउने समस्या पनि हुन्छ । यस्तो अवस्थामा अनुहारमा निखार ल्याउन काँक्राको रस र कागतीको रस मिलाएर लगाउन सकिन्छ, जसले क्लिन्जरको काम गर्छ । टेनिङमा असर घामको चर्को किरणका कारण अनुहारको टेनिङमा समेत समस्या ल्याउँछ । यस्तो समस्या समाधानका लागि पनि काँक्राको प्रयोग गर्न सकिन्छ । त्यसका लागि काँक्रालाई पिसेर त्यसमा कागतीको रस मिसाई १५ मिनेटसम्म अनुहारमा लगाउन सकिन्छ ।

त्यसपछि चिसो पानीले सफा गर्नुपर्छ । जसले अनुहारको कालोपन हटाउन सहयोग पु-याउँछ । चम्किलो अनुहार अनुहारलाई सफा र चम्किलो बनाउनमा पनि काँक्राको भूमिका हुन्छ । यसका लागि अनुहारमा काँक्राको रस लगाउन सकिन्छ । जसले अनुहारको छालामा निखार ल्याउँछ । यस्तो गतिविधि दैनिक रूपमा गर्दा राम्रो हुन्छ । यो पनि जानिराख्नुहोस : के तपाइलाई कम्मर तथा ढाड दुख्ने समस्याले सताएको छ ? काठमाडौँ । लामो समय सम्मको काम, मोटोपना, कमजोरी जस्ता त्रुटिले ढाड दुखाइको समस्या हुन सक्छ । कहिले कहीँ दुखाई यती धेरै हुन्छ कि ओछ्यानमै लामो समय आराम गर्नु पर्ने हुन्छ। ढाड दुखाईबाट राहत पाउने केहि उपायहरू यस्ता छन् । १, लसुन- दैनिक बिहान सर्स्यू वा नरिवलको तेलमा लसुनको तिन९चार पोटी राखेर लसुन कालो हुनजेल सम्म तताउनुस् । तेल तातिसकेपछि त्यसलाई सेलाउन दिनुहोस ।

तेल सेलाएपछी दुखेको ठाउँमा मालिस गर्नुहोस्। यसो गर्नाले तपाईको ढाडको समस्या कम हुनेछ । २, नुन- कराईमा ३९४ चमेचा नुन राखेर भुट्नुहोस् । नुनलाई सफा सुतीको कपडामा पोको पारेर कमरमा सेक्नुहोस् । यसबाट तपाँईलाई आराम मिल्नेछ। ३, बाफ- नुन राखेर उमालेको पानीमा बाक्लो सफा कपडा चोबेर निचर्नुहोस् । दुखेको ठाउँमा उक्त कपडा राखेर बाफले सेक्नुस्। ४, हिड्नु- धेरै समय एउटै पोजिशनमा नबस्नुहोस्। एकै ठाउमा नबसेर ४० मिनेटको अन्तरमा दायाँ बायाँ हिड्नुहोस्। ५,ज्वानो- ज्वानोलाई तावामा कम तापमा भुट्नुहोस् ।

ज्वानो सेलाएपछी बिस्तारै चबाएर निल्नुहोस्। यसको नियमित सेवनबाट कमरको दुखाई कम हुनेछ । ६,नरम ओछ्यान- हिजोआज नदब्ने ९कडा० ओछ्यानको प्रयोग बढिरहेको छ । तर त्यसो नभइ नरम ओछ्याउनेको प्रयोगनै उत्तम हुन्छ । नरम विछ्यौनाको प्रयोग गरे ढाडको दुखाईबाट छुट्कारा पाउन सकिन्छ । ७, क्यालशियम- क्यालशियम प्राप्त हुने खानेकुराहरु खाने गर्नुहोस् । क्यालशियमको कमीले हड्डी कमजोर भई दुख्ने हुनाले तपाईले खाने खाद्ध सामाग्रिमा क्यालशियमको मात्रा भरपुर हुन आवश्यक छ । सबै खानेकुराहरुवाट क्यालशियम पाइन्छ भन्ने छैन त्यसै विज्ञहरुकै सल्लाहमा क्यालशियम युक्त खाद्ध सामाग्रिको जोह गर्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित