मोटोपन कसरी घटाउने र कसरी कसरी मोटाउने चिन्ता छ ?

मोटोपन कसरी घटाउने र कसरी कसरी मोटाउने चिन्ता छ ? यदि यहि चिन्तामा हुनु हुन्छ भने तपाइलाई खुसीको खबर अब लिनु पर्दैन चिन्ता | उहिले-उहिले गर्दन हालेका र भुँडी लागेका मान्छेलाई मिठोमिठो खान पाएका, पुगिसरी आएका, सुख-सन्तोष भएका, हुनेखाने, भलाद्मी र स्वास्थ मानिन्थ्यो | अहिले त त्यस्तो शरीर हुनेहरु सबै नै तल्लोदर्जाको खाना (Junk Food) खाने, स्वास्थ्य सम्बन्धी ज्ञान नभएका, अल्छिका भारी र रोगका भकारी मानिन्छन् | संसार बिकसित भयो, विकास र शहरीकरणले विलासिता जन्मायो, बिलासिताले बोसो थुपार्यो, अनि त्यही मोटोपन नै संसारका ९०% रोगको मूल जरो बन्नगई आज स्वास्थ्य सम्बन्धी संसारको सबैभन्दा ठुलो चुनौती भएको छ |

डा. उदय गौतमका अनुसार भौतिक बिकासको यो चरणसम्म आइपुग्दा पनि अझसम्म न त औषधि बिज्ञानले मोटोपन घटाउने भरपर्दो औषधि नै पत्ता लगाउन सकेको छ, न त चिकित्सा विज्ञानले यसको निदान नै पत्ता लगाउन सकेको छ | तत्सम्बन्धी बजारमा उपलब्ध कथित औषधिहरु भनेका मोटेहरुको मनोविज्ञान बुझेर उनीहरुको बिबसतामा राज गर्न सफल व्यापारिक चालमात्र हुन भने अप्रेशन गरी शरीरबाट बोसो निकाल्ने बिधिहरुचाहिँ क्षणिकरुपमा शरीरका केही तन्तु (Tissue) निकालेर एकछिनलाई मुतेन्यानो गरी दीर्घकालमा झनै बढी तन्तुको साथै अन्य धेरै शारीरिक असरहरु निम्त्याउने माध्यममात्र हुन् | द्रुतगतिमा बढ्दै रहेको र अहिलेकै अवस्थामा पनि संसारको करिब ३०% जनसंख्यालाई गाँजिरहेको यो मोटोपनले | यसको औषधि अथवा निदान पत्ता लागेको दिन त यो संसारको बिकासको एउटा ठुलो छलांग, र उत्सब मनाउन लायक दिन नै ठहर्ने छ |
पुरुषको बोसो कम्मर भन्दा माथिल्लो भागमा जम्मा हुन्छ, जसलाई Visceral Fat भनिन्छ, अनि यस्तो भुँडीलाई स्याउ भुँडी भनिन्छ | महिलाको बोसो केही मात्रामा कम्मरमाथि र धेरैजसो तल्लो पेट तथा पुठामा जम्मा हुन्छ, जसलाई Subcutaneous Fat भनिन्छ, अनि महिलाको यस्तो प्रकारको बोंसे भुँडीलाई नास्पाती भुँडी भनिन्छ |

संसारको कुनै पनि मान्छेको शारीरिक संयन्त्र अर्को व्यक्तिसँग सत-प्रतिशत मिल्दैन, तर कैंयौ रोग र मोटोपन लगायतका शरीरसँग सम्बन्धित थुप्रै कुराहरु भने आफ्नै बंशसंग सम्बन्धित हुन्छन् | यदि कुनै जोडी नै मोटो छ भने तिनीहरुको बच्चा पनि मोटो हुने ८०% सम्म सम्भावना हुन्छ | बंशानुगत कुराहरु वातावरण अनुसार भने क्रमशः परिवर्तन हुँदै जान्छन् |

प्रतिक्रिया

सम्बन्धित