के तपाईं असल बुहारी हुनुहुन्छ ?

 

के तपाईं असल बुहारी हुनुहुन्छ ?

१. के तपाईंले आफन्तबाटै अपहेलित भएकी सासूलाई …..

(क) स्नेह र सम्मानपूर्वक जीवन जिउनका लागि प्रेरित गर्नुभएको छ ।

(ख) कोसिस त गरिएको छ तर सफलता प्राप्त भएको छैन ।

(ग) यो उनको र छोराछोरीका बीचको कुरा हो, मलाई वास्ता छैन ।

२. के आफ्नो सासुलाई उपहार दिनुहुन्छ ?

(क) सासू होइन, उनी मेरी आमा हुन्, उपहार प्राप्त गरेपछि उनी खुसी हुन्छिन्, तब राम्रो लाग्छ ।

(ख) कुनै विशेष अवसरमा उपहार दिने गर्छु ।

(ग) सासू केटाकेटी त होइनन् नि ।

३. घरको सजावटमा परिवर्तन ल्याउँदा …..

(क) सासूको सल्लाह अवश्य लिनुहुन्छ ।

(ख) उनलाई जानकारी दिनु नै पर्याप्त छ ।

(ग) यो मेरो घर हो, मलाई जे इच्छा हुन्छ, त्यस्तै गर्छु ।

४. के सासूको जन्मदिन र विवाहको एनिभर्सरीलाई सम्झनुहुन्छ ?

(क) उनलाई सबैभन्दा पहिले बधाई दिएर चरणस्पर्श गर्छु ।

(ख) याद भयो भने बधाई दिन्छु ।

(ग) बेवास्ता गर्छु ।

५. के हरेक खुसीमा सासूलाई सहभागी गर्नुहुन्छ ?

(क) अवश्य पनि, उनीबिना हरेक खुसी अधुरो हुन्छ ।

(ख) सासू मात्र नभई, सबैलाई खुसीमा समावेश गर्ने गर्छु, सबै बराबर छन् ।

(ग) सासूलाई आफ्नो खुसीमा सहभागी गर्नु आवश्यक ठान्दिन ।

६. सासूको स्वास्थ्यप्रति सचेत रहनुहुन्छ ?

(क) समय–समयमा उनको औषधी र खानपानमा पूरा ध्यान पुर्‍याउछु ।

(ख) कहिलेकाहीँ उनलाई औषधी लिन र खानपानका लागि भन्ने गर्छु ।

(ग) मलाई अरु पनि काम छ, आफ्नो स्वास्थ्यको ध्यान त उनी स्वयं नै राख्न सक्छिन् ।

७. सासूलाई समय दिनुहुन्छ ?

(क) दुवै जना हरेक दिन केही समय सँगै बिताउछौं ।

(ख) कहिलेकाहीँ साँझतिर कुराकानी गर्छु ।

(ग) हालखबर सोध्नका लागि समय नै पाइँदैन ।

८. बालबालिका आफ्नो हजुरआमालाई सम्मान दिने गर्छन् ?

(क) दिन्छन्, अजुरआमा त तिनको बेस्ट फ्रेन्ड हुन् ।

(ख) थोरै–थोरै ।

(ग) हजुरआमा तिनलाई ओल्ड टाइप महसुस हुन्छ ।

९. माइती पक्षको आगमन हुँदा……

(क) सासू र माइती पक्ष एकसाथ बसेर हाँसीखुसी कुराकानी गर्छन् ।

(ख) माइती पक्षलाई आफ्नो कोठामा लगेर कुरा गर्छु ।

(ग) माइती पक्षलाई अलग लगेर सासूबारे गुनासो पोख्छु ।

१०. अफिसबाट श्रीमान् घर फर्कंदा…..

(क) तिनलाई आफ्नो आमामाथि समय बिताउन भन्ने गर्छु ।

(ख) श्रीमान्सित आफैं समय बिताउन रुचाउनुहुन्छ ।

(ग) श्रीमान्सित सासूको गुनासो पोख्नुहुन्छ ।

११. सासू तपाईंका लागि के हुन् ?

(क) आमाभन्दा माथि, जसको छत्रछायाँमा जीवन सुखमय छ ।

(ख) घरको जिम्मेवारीबाट छुटकारा प्राप्त गर्ने एउटा माध्यम ।

(ग) मात्र पुरातन सोच र बोझको बन्धन ।

१२. के तपाईं खुसी खुसी घरको उत्सव र चाडपर्वमा सहभागी हुनुहुन्छ ?

(क) अवश्य पनि, कारण उत्सव र चाडपर्वले नै घरमा खुसियाली ल्याउँछ ।

(ख) समाजमा रहँदा यो सबै गर्नुपर्छ ।

(ग) आफ्नो ढंगबाट चाडपर्व मनाउँछु ।

परिणाम

अधिकांश उत्तर क हो भने : तपाईं एक आदर्श र कुशल बुहारी हुनुहुन्छ । तपाईं र तपाईंको सासूको सम्बन्ध उदाहरणीय छ । सम्बन्धको गरिमा बनाइराख्न तिनको आदर र स्नेहबाट सिंचाइ गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ । आफ्नो सेवा र त्यागको परिणाम भविष्यमा सन्तानका रुपमा अगाडि आउँछ भन्ने मान्नुहुन्छ । तपाईं उनीहरु पनि यी गुणलाई तिनका जीवनमा उतार्नेतर्फ अग्रसर हुन्छन् भन्ने मान्नुहुन्छ, कारण तपाईं नै तिनको पहिलो गुरु हुनुहुन्छ ।

अधिकांश उत्तर ख हो भने : तपाईं आफ्नो सासूलाई सम्मान त दिनुहुन्छ तर मनैदेखि होइन, यो तपाईंको व्यवहारबाट पनि कहीँ न कहीँ व्यक्त हुन्छ । अत: सासूको निरीह आँखामा हेर्ने कोसिस गर्नुपर्छ, कतै तिनका आँसु मौन रुपमा बाहिर निस्कनुपूर्व नै तिनको मनमा झरेर बसेको त छैन । यी आँसुलाई तपाईंले देख्न सक्नुहुन्न तर प्रभाव भने तपाईंका बालबालिकामा देखा पर्नेछ जब तिनले पनि तपाईंलाई उचित सम्मान दिदैनन् । अत: समय छँदै सम्हालिनुपर्छ ।

अधिकांश उत्तर ग हो भने : तपाईं कतैबाट पनि असल बुहारी सावित भएरहनुभएको छैन । यसबाट सम्बन्ध मजबुत बन्नुको साटो थप बिग्रन्छ । तपाईं सम्बन्धमा स्पेस चाहनुहुन्छ तर स्वतन्त्रता र बहिष्कारमा अन्तर हुन्छ भन्ने बुझ्नु पनि जरुरी छ । काँडा रोपेर फूलको आशा गर्नु मूर्खता हुन्छ ।

श्राेत ः नरी पत्रिका

प्रतिक्रिया

सम्बन्धित