भूकम्पपछि मिर्गाैला बिग्रेपछि

काठमाडौँ / भूकम्पपीडित रमिता कार्कीका दुई मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा दुःख निम्तिएको छ । दोलखा, भीमेश्वर नगरपालिका–८ जिलु निवासी कार्कीले मिर्गौला बिग्रेपछि सात महिनादेखि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार गराइरहनुभएको । यहाँ आज आयोजित संवाद डबलीमा उहाँका छोरा रविले आमालाई सञ्चो नभएपछि उपचारार्थ अस्पताल ल्याउँदा चिकित्सकले उहाँका दुवै मिर्गौला बिग्रेको जानकारी दिएको बताउनुभयो ।

गोरखा भूकम्पबाट घर क्षतिग्रस्त भएपछि दुःख व्यहोर्दै आएको उनको परिवारमा दुवै मिर्गौला बिग्रिएपछि उपचारका लागि सापट लिएको ऋण पनि सकिएपछि झन् समस्या थपिएको छ । आमालाई सहयोग गरी बचाइदिन सम्बन्धित निकायसँग उहाँले याचना गर्नुभयो । यसअघि बालकृष्ण र रमिता दम्पतीले मजदुरी गरी घरखर्च चलाउनाका साथै छोराछोरीलाई पढाउँदै आएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित