आँखा हेरेर कसरी थाहा पाउने व्यक्तित्व, आँखाको रंगको अर्थः आँखाको सम्पुर्ण विवरण

आँखालाइ आत्माको ढोका पनि भन्ने गरिन्छ, आँखामा हेर्नाले उक्त व्यक्तिको बारेमा धेरै जानकारी पाउन सकिन्छ। “आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाँउछ अरे।” यो कुनै जादु हैन, न त शत प्रतिशत सहि नै हो। यो केवल विज्ञान हो। आँखा र दिमागको सम्बन्ध अन्य अंगको भन्दा ‘घनिष्ठ’ हुन्छ। विज्ञान के भन्छ आँखा र मानिसको व्यवहारको बारेमा? आँखाले बताउने व्यक्तित्वको बारेमा चर्चा गरौं…

आँखाले माथि हेर्नु : जब व्यक्ति माथि हेरिरहेको हुन्छ, तब उ केही सोचिरहेको हुन्छ। दिमागमा कुनै तस्बिर बनाइरहेको हुन सक्छ। यसले उक्त व्यक्ति ‘भिजुअल थिङ्कर’ हुने संकेत गर्दछ। माथि हेर्दा आँखाको नानी बाँया तिर छ भने उ कुनै कुरा याद गर्दैछ।माथि हेर्दा आँखाको नानी दाँया तिर छ भने उ कुनै काल्पनिक तस्बिर सोच्दै छ। माथि हेरिनु ले उक्त व्यक्तिको अल्छीपना लाइ पनि झल्काउछ। उ निकै झ्याउ मानिरहेको छ र वरिपरि कुनै रमाइलो कुरा खोज्दै छ।

आँखा माथि हेर्नु अनि टाउको तल झुक्नु : टाउको तल गरेर आँखा माथि पार्दै गरेको हेराइले अर्को व्यक्तिमा लाइ फकाउन खोज्दै छ भने बुझिन्छ। टाउको तलले उ अर्को व्यक्ति प्रति झुक्दैछ तर सोहि समयमा आँखा माथि गर्नाले अर्को व्यक्ति प्रति आकर्षित हुदैछ भन्ने बुझिन्छ। निधार खुम्च्याउदै टाउको तल अनि आँखा माथि हेर्नाले उक्त मानिसले अर्को व्यक्तिलाइ ‘त्यस्तो हो र!?’ भन्ने खालको भाव दर्शाएको भन्ने पनि बुझिन्छ।

आँखाले तल हेर्नु : कुनै व्यक्तिमा आँखा तल पारेर हेर्नाले आफ्नो शक्ति प्रदर्शन गरेको अनि अर्को व्यक्ति प्रति हेपाहा प्रवृति छ भन्ने बुझिन्छ।
तल हेर्नाले उक्त व्यक्तिलाइ नै नहेरिएको र उक्त व्यक्ति प्रति आज्ञाकारी भएको पनि जनाउँछ। साथै हेर्ने मानिसले गल्ति महसुस गर्दैछ भन्ने पनि बुझिन्छ। कतिपय संस्कृतिमा आँखा जुधाएर कुरा गर्दा रुखो मानिने हुँदा आफुभन्दा ठुलासंग कुरा गर्नेक्रममा आँखा तल गरेर कुरा गर्ने गरिन्छ।

आँखा तल हेर्नु अनि दाँया/बाँया हेर्नु : तल बाँया तर्फ हेर्नाले उक्त व्यक्ति आफुसंगै कुरा गर्दैछ भन्ने बुझिन्छ। तल अनि दाँया हेर्नाले उक्त व्यक्ति कुनै भित्री संवेदनामा भुल्दै छ बुझिन्छ।

आँखाको किनाराबाट छड्के हेर्नु : हाम्रो आँखाले अगाडीको कुरा सजिलो सँग हेर्दछ। त्यसैले केहि हेर्नुपर्दा त्यतै तर्फ फर्किने गरिन्छ। तर आँखाको किनाराबाट दाँया बाँया हेर्नुको अर्थ, उक्त व्यक्तिलाइ अगाडीको कुरा हेर्न नचाहेको वा दाँया बाँयाका कुराहरुले उसको मन तानेको भन्ने बुझिन्छ। छिट्टो दाँया बाँया छड्के नजरले केहि रोचक कुरा छ कि भनि हेरेको पनि हुनसक्छ। अथवा कुनै ध्यान भंग गर्ने कुरा छ भने के रहेछ भनि हेरेको पनि हुनसक्छ। साथै कसैप्रतिको दिक्क लागिरहेको छ भने पनि यसरि हेर्ने गरिन्छ।

छिटो छिटो आँखाको दायाँ-बाँया गर्नु : आँखाको यस्तो गतिविधिले कि त उक्त व्यक्तिले कुनै चलाखि गर्दैछ वा केही कुरा लुकाउन खोज्दैछ भन्ने बुझिन्छ। कसैले केहि षड्यन्त्र गर्न लाग्दैछ वा कुनै नराम्रो गर्न खोज्दैछ भने दाँया बाँया अरु कोही छ कि भनेर पनि यस्तो आँखाको गतिविधि गरिने हुन्छ।

एकै ठाँउमा हेरिरहनु : कुनै एकै ठाँउमा हेर्नाले त्यो वस्तुप्रति को रुचि वा चहाना झल्काउछ। एकै ठाँउमा एकटकले हेरिरहदाँ अर्को व्यक्तिले पनि त्यो ठाँउमा के रहेछ र हेरेको होला भनि त्यतै हेर्ने वातावरण पनि सिर्जना हुन्छ।

अर्को व्यक्तिको आँखामा हर्नु : विपरित लिगंका व्यक्तिले लामो समयसम्म आँखा जुधाउनु मन परेर वा आकर्षक लागेर हो भन्ने बुझिन्छ। तर केहिबेर आँखा जुधेसंगै शरिरको तल तिर नजर जान्छ भने अन्य शारीरिक अभिलाषा झल्कन्छ। कसैको मुख वा ओठमा नजर छ भने किसको अभिलाषा बुझिन्छ। आँखा ठ्याक्कै कता छ, कुन ठाँउमा नजर छ त्यो महत्वपुर्ण हुन्छ।

तल अनि माथि सम्म हेर्नु : कोही व्यक्तिलाइ तल देखि माथिसम्म हेरिन्छ भने त्यो मानिसको आकार वा सम्भाब्य खतरा मुल्याकंन गरिएको बुझिन्छ। ‘म ठुलो हुँ, तेरो विचार यहाँ कदर हुदैन’ भन्ने अर्थमा यस्तो नजरको अर्थ लगाउन सकिन्छ।

हेराइबाटै बोलचाल : नजरबाटै एक व्यक्तिले अर्को व्यक्तिमा आफ्नो इच्छा प्रकट गर्न सक्छ। तर कसैको निधारमा हेर्नाले भने उक्त व्यक्ति प्रतिको अनिच्छा झल्किन्छ।

झुठो को पहिचान : जसले झुठो बोल्दैछ त्यो व्यक्तिले जबजब गल्ति महसुस गर्छ तब अन्यत्रै हेर्न थाल्छ। तर झुठो बोल्ने मानिसलाइ यसबारेमा ज्ञान पहिल्यै छ भने सामान्य भन्दा अधिक आँखामा हेर्ने गर्दछन्।

चम्किलो आँखा : यस्तो पत्ता लागेको छ कि तपाइलाइ मन पराउने मानिसको आँखा तपाइको अगाडी चम्किलो देखिन्छ। त्यो व्यक्तिको आँखामा आशुको मात्रा बढ्छ र बढी प्रकाश परावर्तन हुन्छ अनि चम्किलो देखिन्छ।तपाइ अगाडी पर्दा यदि कसैको आँखा चम्किलो देख्नुभयो भने अब याद गर्नुहोस् कि कतै तपाइलाइ मन पराउने उनै त हैन!

कसैलाइ कम कसैलाइ बढी आखाको नजर : यदि कसैले तपाइलाइ मन पराउँछ भने त्यो व्यक्तिले धेरै पटक नजर जुधाउने गर्दछ। यदि तपाइ समुहमा हुनुहुन्छ भने जुन व्यक्तिले तपाइलाइ मन पराउछ त्यो व्यक्तिले तपाइलाइ सिधा नजरले अन्यलाइ भन्दा बढी समय हेर्ने गर्दछ। जब तपाइले अन्यको आँखामा लामो समयसम्म हेर्नुहुन्छ, आकर्षण सम्बन्धि हर्मोनहरु शरिरमा आफै पैदा हुने गर्दछ।

आँखाको नानीको खुम्चावट : तपाइलाइ कसैले मन पराउछ भने तपाइको उपस्थितिमा उक्त व्यक्तिको नानी ठुलो आकारको बन्ने गर्दछ। कुनै मन परेको कुरामा नजर लगाउदा पनि नानीको आकार थोरै बढ्ने हुन्छ।

नजर जुध्दा अन्तै हर्ने : मन पराउने व्यक्तिले जति तपाइलाइ हेर्न खोज्छ, यदि नजर जुधेमा झट्ट अन्तै हर्ने गर्छ भने त्यो उसको घमण्ड हो। तपाइलाइ मन पराउँछ तर घमण्डले गर्दा व्यक्त गर्न चाहदैन भन्ने बुझ्न सकिन्छ।

झुठो बोल्नेले अधिक नजर जुधाउछन् : पुरानो कथा अनुसार जसले झुठो बोल्छ उसले नजर जुधाउदैन भनिन्छ। यो कथा सबैले सुनिसके। नयाँ रिसर्चको अनुसार तपाइले पत्याउनु भयो कि भएन भनि अनुहारमा आउने परिवर्तनलाइ नियाल्न झुठो बोल्नेले धेरै बेर तपाइलाइ हेर्ने गर्दछन्।

आँखा छोप्नु : कुनै कुरा अप्रिय लागेमा वा कुनै दृश्यले खिन्नता बढाएमा आँखा छोपिने गरिन्छ। कुनै कुराले भित्री भावनालाइ असर गर्छ भने त्यसो नहोस् भन्नको लागि आँखा छोपिने गर्छ। साथै कुनै कुराको डरको कारणले पनि आँखा यस्तो गरिन्छ।

धेरै आँखा झिम्काउनु : जुन कुराको लागि आँखा छोपिन्छ, सोहि कुराको लागि आँखा माड्ने वा धेरै आँखा झिम्काउने पनि गरिन्छ। आँखाबाट हेर्न नखोज्नु, आँखा छोप्नु अविश्वास या असहमतिको संकेत हो। जन्मबाटै आँखा देख्न नसक्ने बच्चाहरु केहि नराम्रो सुनेपछि आँखा छोप्ने गर्दछन्।

लामो नजर : बिना प्रसंग कोही तपाइलाइ लामो समयसम्म हेर्दै छ भने प्रेमले हो या दुस्मनीले हो, यो छुट्याउन सकिदैन। तर लामो समयको नजरले तपाइ प्रतिको भावना गम्भिर छ भन्ने चाहिँ बुझ्न सकिन्छ। त्यो भावना राम्रो या नराम्रो को लागि भने प्रसंग देखि शरिरको हाउभाउ थाह पाउनु पर्छ।

आँखाको रंगले के बताउछ?

कालो आँखा : कालो रंगको आँखाको सबैभन्दा अचम्मको कुरा यो हो कि पुरै कालो आँखा एकदमै दुर्लभ छ। हामी जुन आँखालाइ कालो भन्छौ ती वास्तवमा गाढा खैरो रंगका हुन्छन्। गाढा खैरो वा कालो रंगले रात, रहस्य र अंतर्ज्ञान जनाउछ। कालो आँखा भएका व्यक्तिहरु विश्वाशिला अनि व्यवहारिक हुन्छ। कुरा लुकाउन सक्ने हुन्छन् अनि तपाइका कुराहरु अन्यमा जान नदिने हुन्छन।

कहिलेकहिले मानिसहरु प्रति विश्वास पनि नगर्ने हुन्छन। हिचहिचको साथ साथी बन्छन् अनि प्रेममा परिणत हुन्छ सम्बन्ध। जब सम्बन्ध सुरु हुन्छ अन्तिम सम्म पनि सम्बन्ध प्रति बफादार हुन्छन्। मेहेनत धेरै गर्ने हुन्छन् यस्ता व्यक्ति साथमा आध्यात्मिक, भावुक अनि मानिसमा राम्रो देख्नसक्ने हुन्छन्।

खैरो आँखा : सबैभन्दा बढी पाइने आँखाको रंग हो खैरो । खैरो आँखा भएका व्यक्तिहरु आकर्षक अनि आत्मविश्वासी हुन्छन्। माटोको रंग बुझाउने खैरो रंगको आँखा भएका व्यक्तिहरु सरल, सिर्जनशील अनि सकारात्मक विचारका हुन्छन्। यस्ता व्यक्तिहरु निर्भर, फरासिला अनि अरुलाइ प्रेम गर्ने प्रवृतिका हुन्छन।

खेरौ र हरियो रंग मिसिएको आँखा : यस्तो आँखाले स्फुर्ति, आन्नदित अनि साहसिक गुण जनाउँछ। नयाँ वातावरणमा सहजै भिज्न सक्छन्। आँटिला अनि बहादुर हुन्छन् यस्ता व्यक्ति। तर छिटै अल्छि महसुस गर्छन् त्यसैले यस्ता व्यक्तिहरुले नयाँ ठाउ घुम्न बढी मन पराउँछन्।

हल्का कालो अनि सेतो रंग मिसिएको आँखा : यस्तो आँखा हुने व्यक्तिहरुमा नेतृत्व गर्ने क्षमता हुन्छ। निडर हुन्छन् तर फरासिला अनि बुद्धिमान हुन्छन् यस्ता व्यक्ति। यस्तो आँखा भएका व्यक्ति अरु भन्दा कम रिसाहा हुन्छन्। गरेको काममा आफ्नो सबैकुरा लगाउन सक्ने हुन्छन्। प्रेमलाइ अत्यन्त गम्भीर रुपमा लिन्छन्।

हरियो आँखा : ताजा बतास जस्ता हुन्छन् यस्ता व्यक्ति, आत्मबल बढी हुन्छ। हरियो आँखा भएका व्यक्तिको आँखामा हेरिरहदाँ त्यतै भुल्लाउने हुन्छ अन्यलाइ। बुद्धिमान हुन्छन् अनि सधै जिज्ञासाले भरिएका हुन्छन् यस्ता आँखा हुनेहरु। यस्ता व्यक्तिहरुले साच्चै जीवन जीउन जानेका हुन्छन्।

निलो आँखा : निलो आँखा संसारकै सबैभन्दा बढी खोजिने आँखामा पर्दछ। शान्त, तेज अनि यौवनले भरिएका हुन्छन् निलो आँखा हुनेहरु। यस्ता व्यक्ति जोसिला हुन्छन अनि कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्ने हुन्छ यी व्यक्तिहरुसंग। खुसी हुन जानेका हुन्छ जीवनका हरेक क्षेणमा। अरुको खुसीको लागि जे पनि गर्ने तयार हुने हुन्छन्।

नानीको आकार ध्यान दिनुहोस्।

आँखाको नानीको आकारले उक्त व्यक्तिको धेरै कुरा थाह पाउन सकिन्छ। नानी कि त खुम्चन्छ कि फैलन्छ। मन पर्ने कुरा अनि रमाइलो अवस्थामा आँखाको नानी फैलन्छ भने इच्छा नभएको र अल्छी लागेको बेला आँखाको नानी खुम्चन्छ।

आँखी भौं र आँखाको आकार : आँखी भौंले पनि धेरै भुमिका खेल्छ। आँखी भौं माथी सार्दै आँखा ठुलो बनाउने काम महिलाहरुले पुरुष अगाडी हुँदा धेरै गर्ने गर्दछन्। महिलाहरुले केही आश गरेझै बच्चाको जस्तै आँखा ठुलो बनाउँदा पुरुषहरुमा एउटा हर्मोन उत्पादन हुन्छ जसले संरक्षण र सुरक्षा गर्ने मनस्थिति तयार गर्छ। आँखी भौं तल सार्दै आँखा सानो बनाउदा रिसको संकेत गर्दछ। आँखी भौं मात्र उचाल्दा भने सहमतिको संकेत गरेको हुनसक्छ। साभार श्राेतः नेपालीहेडलाइन

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित