विवाहमा कति वर्षको अन्तर राम्रो ?

अधिकांश पुरुष आफूभन्दा कम उमेरका लाई विवाह गर्न रुचाउछन् । चिकित्सकहरु विवाहका लागि बढीमा ५ वर्षसम्मको मात्र अन्तर राम्रो हुने बताउछन् । एकै उमेरमा विवाह गर्दा भावनात्मक सम्बन्ध र सोचाइ पनि मिल्ने भएकाले धेरै लामो अन्तरमा विवाह गर्नुहुँदैन । भविष्यमा त्यही उमेर भिन्नताले यौन जीवनमा प्रभाव पार्न सक्छ भन्नेतर्फ भने कसैको ध्यान गएको पाइदैंन ।

तर नेपाली समाजमा १५ वर्षको अन्तरमा पनि विवाह भएको पाइन्छ । उमेरको बढी अन्तरले यौनजीवन प्रभावित हुनसक्छ । मानौं १५ वर्षको अन्तरमा विवाह भएको छ भने पुरुषको उमेर ५५ वर्ष पुग्दा महिलाको उमेर ४० मात्र हुन्छ । महिला ४० वर्षमा यौनमा निकै सक्रिय रहन्छन् तर प्रायः पुरुषमा ५५ वर्षको उमेरमा यौनक्षमतामा ह्रास हुँदै गएको हुन्छ । यस्तो अवस्थामा यौनकै कारण पारिवारिक समस्या उत्पन्न हुनसक्छ । उमेरको धेरै अन्तरले यौन भावना पनि अन्तर ल्याउछ ।

मानिसमा २० देखि ३० बर्षको उमेरसम्म यौन इच्छा सबैभन्दा बढी हुन्छ । प्रायः मानिसको विवाह गर्ने उमेर पनि यही हो । चिकित्सकहरु पुरुषका लागि २८ देखि ३० वर्षको उमेर विवाहका लागि उपयुक्त भएको बताउछन् । महिलाका लागि २५ देखि २८ वर्षको उमेर राम्रो मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित