बिद्यार्थीलाई व्यावसायिक दक्षता बिकास गर्न मेरिल्याण्डमा “समर क्लास” सुरु

बिराटनगर / मेरील्याण्ड कलेज विराटनगरमा बिद्यार्थीको लागि “समर क्लास” सुरु भएको छ। मेरिल्याण्ड कलेज बिराटनगरले आफ्ना बिद्यार्थीका लागि जीवनउपयोगी शिक्षा र बिद्यार्थीलाई व्यावसायिक दक्षता बिकास गर्न का लागि “समर क्लास” संचालनमा ल्याएको हो ।

आफ्ना स्नातकतह दोस्रो बर्षका बिद्यार्थीको लागि कलेजले बिहिबारबाट उक्त समर क्लास सुरु गरेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए। समर क्लासमा बिद्यार्थीहरुलाई ३ महिना सम्म बिभिन्न जीवन उपयोगी तालिम , औधोगिक क्षेत्र भ्रमण, लिडरसिप सेमिनार साथै बिभिन्न क्षेत्रका श्रोत व्यक्तिबाट अनुभव आदानप्रदानको कार्यक्रम पनि राखिएको कलेजले जानकारी दिएको छ। साथै , विश्वकप फुटबल फिवर फुटसल प्रतियोगिता पनि कलेजमा संचालन हुदै छ ।

बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको ब्य्वास्थापन संकायको स्नातकतह संचालन गर्दै आएको उक्त कलेजमा बिद्यार्थीको आकर्षण बढ्न थालेको छ ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा हाल मेरिल्याण्ड कलेज बिराटनगर , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज र इन्फोर्म्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित