गाउँमै स्वास्थ्य केन्द्र खुलेपछी स्थानिय खुसी

संखुवासभा / खाँदबारी नगरपालिका वडा नं २ चेवाबेसीमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबिच बुधबार स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । केन्द्रको स्थापनाले स्थानीय खुशी भएका छन् । यससँगै उनीहरु सामान्य बिरामी हुदाँ पनि करिब तीन घण्टाको पैदल हिडेर खाँदबारी, तुम्लिङटार पुग्नुपर्ने बाध्यता हटेको छ । केन्द्रको स्थापना भएसंगै भोजपुरको षडानन्द नगरपालिका र साल्पाशिलिछो गाउँपालिकाका स्थानीय पनि लाभान्वित हुनेछन् ।

कार्यक्रममा बोल्दै मेयर मुरारी प्रसाद खतिवडाले यस क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेका कारण यसको स्थापना गर्नु परेको बताए । उनले स्थापना गर्नु मात्रै ठूलो कुरा नभएको भन्दै यसलाई टिकाउन भने चुनौति रहेको बताए । उनले कर्मचारीले काम गरेनन् भनेर गाली गर्नु भन्दा कर्मचारीलाई काम लगाउने जिम्मा स्थानीयको भएको पनि बताए ।

स्थानिय तहको निर्वाचन पश्चात एक वर्षमा जनप्रतिनिधिले गरेका काम प्रति इंकित गर्दै मेयर खतिवडाले भौतिक पुर्वाधार निमार्ण गर्नु मात्रै विकास नभएर जनताहरु स्वास्थ्य, शिक्षा र सूचनाको पहुँचमा पुग्नु पनि विकास भएको टिप्पणी गरे । स्वास्थ्य शाखाका डा. अमुल्य दाहालले २ नं. बासीले औषधि अभाव भयो भनेर जिल्ला अस्पताल पुग्नु पर्ने अवस्था आउन नदिने दावी गरे ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित