के.केले पायो इन्टरनेश्नल स्कुल अवार्ड

इटहरी / ब्रिटिस एम्बेसीले प्रत्येक बर्ष प्रदान गर्ने ‘इन्टरनेश्नल स्कुल अवार्ड’ बाट सुनसरीको धरान ११ स्थित केके इन्टरनेशनल स्कुल सम्मानित भएको छ । असार ११ गते काठमाडौमा एम्बेसीले आयोजना गरको कार्यक्रममा केकेलाई अवार्डबाट सम्मानित गरिएको हो ।

देशभरका ७२ बिद्यालय मध्ये ११ वटा बिद्यालयले अवार्ड पाएका हुन । जसमा एक नंम्बर प्रदेशबाट केके सगै युरेका र झापा मोडलले पनि अवार्ड पाएका छन ।

ब्रिटिस काउन्सिलकी ‘हेडअफ स्कुल एटेज’ प्रमुख रनावच ब्राउनले केके इन्टरनेशनल स्कुलका अध्यक्ष प्रबिन अग्रबाललाई अवार्ड प्रदान गरकी थिइन । अवार्डले स्कुलको नामलाई थप उचाईमा पुराएको अग्रबालले बताए । यसमा बिद्यार्थी, शिक्षक तथा होल म्यानेजमेन्ट टिमको मेहेनतको कदर भएको उनले बताए ।

आफुहरु उत्साहित र थप जिम्मेवारी भएको समेत उनले बताए ।

इन्टरनेश्नल स्कुल अवार्डको प्रतिस्पर्धामा सहभागी हुन केके इन्टरनेशनल स्कुलले श्रीलङ्का, भारत र अफगानिस्तान देशका १३ वटा बिषय बष्तुमा कार्यक्रम संञ्चालन गरको प्रिन्सीपल भिक्टर जोसेफले जानकारी दिए । जसमा छाउपडी प्रथा, ट्राफिक कन्ट्रोल, अर्गानिक बगैचा, बिदेशी पैसा र पैसाको एक्सचेन्ज, कम्पोष्ट मल बनाउने बिषयमा प्रयोगात्मक कार्यक्रम संञ्चालन गरेका थिए ।

बिदेशको राम्रो पक्षको सिको गर्ने यस कार्यक्रममा स्कुलले उत्कृष्ट कार्यक्रम देखाएको उनले बताए ।

साथै स्कुलले अब एक बर्षसम्म ‘काईट लोगो’ आफनो अध्यान तथा अन्य कुरामा प्रयोग गर्ने छ । प्रिन्सीपल जोसेफले यस बर्षको एसइइ परिक्षामा समेत बिद्यालयले शतप्रतिशत रिजल्ट ल्याएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित