गफमा भुलेर घर जान ढिला हुुँदा डरले भागेका जोडी

गीतकार तथा पत्रकार सुमन पण्डीत रंग पत्रकारितामा सकृय नाम हो । म्यूजिक खवर पाक्षीक र म्यूजिक खवर डटकम मार्फत पत्रकारितामा सकृय पण्डीतले म्यूजिक अवार्ड पनि गर्दै आएका छन । म्यूजिक खबर डटकमको आयोजनामा विगत ६ वर्षअघिदेखि राजधानीमा सम्पन्न हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको सातौं संस्करण आगामी असोज १३ गते विराटनगरमा हुदै छ ।

यस अवार्डमा राष्ट्रिय भाव, पप, चलचित्र, लोकदोहोरी, गजल, आधुनिक गरी ३४ विधामा अवार्ड प्रदान गरिने पण्डीतले जानकारी दिएका छन । यसका लागि बैशाख १ गतेबाट सहभागिताको लागि दर्ता आवेदन खुला गरिएको छ ।उनको यो कर्ममा उनकी श्रीमति सविता पोख्रेलले साथ दिदै आएकी छन । पोख्रेल म्यूजिक खवर पाक्षीकको प्रकाशक सम्पादक हुन । प्रस्तुत छ यो जोडी संगको लभ गफ ।

पहिलो भेट ?

सुमन: हाम्रो पहिलो भेट काठमाण्डौंमै भएको हो पढाईको शिलशिलामा । ट्युसन पढ्न एउटा कन्सलटेन्सिमा गएको थिएं । त्यही शिलशिलामा हाम्रो भेट भएको हो ।

सविता: म चाहिं त्यही कन्सलटेन्सिमा जव गर्थे । र त्यही उहाँ पढ्न भनेर आउनु भएको थियो । तर पढ्नु चाहिं भएन । अनि किन पढ्न आउनु भएन भन्नको लागि मैले कल गर्दा उहाँले आफ्नो समस्याहरु बताउनुभयो । उहाँको साईबर रहेछ । त्यतिबेला साईबर कमै मात्र हुन्थ्यो । अनि मैले इमेल इन्टरनेट पनि चलाउन हुन्छ भन्ने हिसाबले कहाँ छ साईबर म आउँ भनें । त्यसरिनै आउने जाने क्रमको सुरुवात भयो ।

एकअर्कालाई मन पराउछौं भन्ने कुरा कसरी ब्यक्त गर्नुभयो ?

सुमन: लगभग भेटघाटको ३/४ महिना पछिनै होला । त्यो बेला पनि ठ्याक्कै माया पिरतिकै कुरा त ब्यक्त गरिएन यसरीनै भेटघाट र नजिक चाहिं थियौं ।

एकअर्कालाई के कुराले इम्प्रेस गर्यो ?

सविता: उहाँ एकदमै इमान्दार हुनुहुन्थ्यो । उहाँको इमान्दारीता देख्दा मायाभन्दा पनि बिचरा भन्ने खालको दया लाग्थ्यो ।

बिहे गर्ने निर्णय कसरी गर्नुभयो ?

सविता: जुन दिन हामीले बिहे गर्यौ त्यो दिनको केही घण्टा अगाडी सम्म पनि हामी बिहे गर्दैछौ है भन्ने खालको प्लानीङ थिएन । अकस्मात हाम्रो बिहे भएको हो ।

अकस्मात बिहे गर्नुपर्ने कारण ?

सुमन: म संग एकजना झापाको दाई हुनुहुन्थ्यो । हामी तीन जना गफ गरेर बस्दै थियौं । त्यत्तिकै रात पर्यो घर जानलाई ढिला भयो । अनि सविताले अब घरमा गाली गर्नुहुन्छ ढिला भयो भन्न थाल्यो । अनि त्यही दाईले जिस्किएर अब बिहे गर तिमीहरु भन्नु भयो । यसरीनै जिस्कदा जिस्कदै बिहेनै भयो ।

सविता: यस्तो भयो त्यो दिन म दिउसै आएको थिएं । अनि तीन जना गफ गर्दै बसियो बाहिर त साँझ पर्न लागि सकेछ । अनि बिष्णु दाईले चाहिं उहाँको साथी भए पनि मेरो माईती झापा र उहाँको घर पनि झापा भएकोले मलाई बहिनी बनाउनु भएको थियो । अनि उहाँले त्यतिखेर ओइ कान्छि तलाई त मार्छन् अब घरमा यसबेला गइस भने भन्नुभयो । हाम्रो माइत तिर के छ भने पाच बजे भन्दा पछाडी घर पुग्नु पर्यो भने एकदम डराउनु पर्छ । अनि मलाई एकदमै डर लाग्यो एकछिन अगाडी सम्म हाम्रो कुराहरु अर्कै विषयमा भैरहेको थियो । मनमनले चाहेको भएपनि हामीले त्यो कुरा ब्यक्त गरिसकेका थिएनौं । त्यो दाईले बिहेको कुरा दिमागमा भर्दिनु भयो मार्छन अब तिमीहरु भाग भनेर उहाँलेनै भगाइदिनु भयो ।

बिबाहको पल सम्झौंन ?
सुमन: हामीले त्यो निर्णय लिई सकेपछि मन्दिरबाट बिहे गर्यौं । गुह्यस्वरी मन्दिरबाट हामीले बिहे गरेको ।

प्रतिक्रिया

सम्बन्धित