निःशुल्क स्बास्थ्य तथा बाझोपन शिबिरमा पाँच सयको उपचार

सिरहा / मिर्चैयामा एक दिने निःशुल्क पशु स्बास्थ्य तथा बाझोपन निबारण शिबिर सम्पन्न भएको छ । शिबिरमा बाख्रा, गाई, गोरु, भैसी लगायतका पशुहरुलाई आज (मंगलबार) निःशुल्क उपचार गरिएको मिर्चैया नगरपालिकाका पशु शाखाका संयोजक नगेश्वर हाथीले बताए । संयोजक हाथीको नेतृत्बमा रहेका २५ जनाको चिकित्सक र प्राबिधिकहरुको टोलीले पशुचौपायाहरुलाई उपचार गरेका छन् ।

टोलीमा पशु प्राबिधिक युगेश्बर साह, डा.रामगुलाम यादब, डा.सुनिल कुमार साह र पशु चिकित्सक राजेन्द्र प्रसाद साह लगायतका रहेका थिए ।
पशुहरुलाई निःशुल्क जाँच गरी करीब ७० हजारको औषधी बितरण गरिएको उनले बताए । शिबरमा ३ सय ७२ कृषकका ५ सय ८९ पशुलाई खोप र ५ सय ७ पशुलाई उपचार गरिएको संयोजक हाथीले बताए ।

मिर्चैया नगरपालिका बडा नं. ८ का बडा अध्यक्ष रामजगत यादबको अध्यक्षता तथा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलेको प्रमुख आतिथ्यमा शिबिर सम्पन्न भएको हो । मिर्चैया नगरपालिकाको आर्थिक सहयोग र पशु शाखाका समन्बयमा शिबिर संचालन गरिएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित