पूर्वका एक हजार विद्यार्थीलाई क्याम्ब्रिजको परामर्श

विद्यालय तह पूरा गरेका विद्यार्थी विषयगत शिक्षा रोज्नका लागि स्वतन्त्र हुन्छन् । यसबेलाको रोजाइले विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले यसलाई जीवनको निर्णायक मोडका रुपमा लिइन्छ । उचित शिक्षा र कलेजको छनोट गर्न नसक्दा अभिभावकको पैसा र विद्यार्थीको समय बर्बाद हुनसक्छ ।

जीवनको यति महत्वपूर्ण निर्णय लिन अभिभावक र विद्यार्थीलाई सहजता प्रदान गर्ने उद्देश्यले क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले पूर्वका विभिन्न स्थानमा शैक्षिक परामर्श गरेको छ । विद्यार्थीको भविष्य र अभिभावकको लगानी सुरक्षित गर्न आफूहरु विद्यार्थी र अभिभावकमाझ पुगेको क्याम्ब्रिजका पूर्वाञ्चल प्रमुख सिम्खडा बताउँछन् । ‘अब शैक्षिक बेरोजगार होइन, शिक्षित प्राविधिक जनशक्ति उत्पादन हुनुपर्छ’, क्याम्ब्रिजका पूर्वाञ्चल प्रमुख निश्चल सिम्खडा भन्छन्, ‘किनकि हाम्रो देशलाई प्राविधिक जनशक्तिको खाँचो छ ।’

क्याम्ब्रिजले बिर्तामोड, सुरुङ्गा, धरान, इटहरी, विराटनगर, विराटचोकमा गरी १ हजारभन्दा बढी एसइइ र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी तथा अभिभावकलाई शैक्षिक परामर्श दिएको छ । शैक्षिक परामर्श दिने क्रममा विद्यार्थीको चाहना एकातिर र अभिभावकको सोचाइ अर्कोतिर भएको पाइएको सिम्खडाले बताए । ‘विद्यार्थी आजको विश्व परिवेश अनुसारको शिक्षा लिन चाहन्छन्, प्रविधिको जमानामा उनीहरु सोही अनुसारको शिक्षा लिन चाहिरहेका छन्’, उनले भने, ‘अभिभावक भने विद्यार्थीलाई टाढा पठाउन डराइरहेको अवस्था छ ।’

शिक्षामा लगानी गर्न अभिभावकले डराउन नहुने उनको धारणा छ । ‘छोराछोरीको विवाहमा ८–१० लाख खर्च गर्न तयार हुने अभिभावक पढाउने कुरामा पछि सर्नु विडम्बनापूर्ण छ, यो सोच हट्नुपर्छ’, उनले भने । आजको अवस्थाभन्दा बद्लिँदो समयलाई हेरेर भोलिको अवसरलाई सदुपयोग हुने गरीको शिक्षा रोज्न उनको सुझाव छ ।

कस्तो शिक्षाले अब भविष्य बनाउँछ र विश्व कता जाँदैछ र वैदेशिक शिक्षा किन भन्ने विषयमा शैक्षिक परामर्श केन्द्रित रहेको उनले बताए । कार्यक्रममा विदेशमा के–कस्ता विषय अध्ययन गर्ने, कुन विषय पढ्न कति खर्च लाग्छ, ती विषय अध्ययनपछि रोजगारीको अवसर कस्तो छ, देश अनुसारको नियम कानुन कस्तो छ भन्ने बारेमा विद्यार्थी र अभिभावकलाई जानकारी गराइएको छ ।

क्याम्ब्रिजको यो कार्यक्रममा भारत बैङ्लोरको गौतम मेडिकल कलेज र सिमलाको ग्रीन हिल कलेजका प्रतिनिधिले साथ दिएका छन् । कार्यक्रममा एरोनेटिकल, एयरक्राफ्ट, पेट्रोलियम, इञ्जिनियरिङ, नर्सिङ्ग, म्यानेजमेन्ट, फेसन डिजाइन, इन्टेरियर डिजाइन, बिएस्सीएजी, बी–फार्मेसीलगायत विषयमा विद्यार्थी को बढी चासो देखाएको उनले बताए । क्याम्ब्रिजले भारत, अस्ट्रेलिया, युएसए, न्युजिल्यान्ड, जापान लगायतका देशको बारे शैक्षिक परामर्श प्रदान गरिरहेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित