सुविजीमुरका शुभम एसइईमा उत्कृष्ट

सुन्दरहरैंचा,  मोरङको सुन्दरहरैंचा स्थित सुविजीमुर मेमोरियल मा.वी. का छात्र शुभम झा ले २०७४ सालको एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल भएका छन् ।  शुभमले एसइई परिक्षामा जिपिए ४ ल्याएर नेपाल भरिकै जिपिए ग्रेड ल्याउने विधार्थी समुहमा पर्न सफल भएका छन् । यस बर्षको एसइईमा जिपिए ४ ल्याउने नेपाल भरिबाट २५ जना विधार्थी संख्याहरुमा शुभम पर्न सफल भएका हुन् ।

फरक क्षमता तथा पढाईमा लगनशिल समेत रहेका शुभम भविश्यमा इन्जिनियर बन्ने लक्ष्य रहेको बताउंछन् । विधार्थीहरुले सफल हुनका लागि के गर्नु पर्छ भन्ने प्रश्नमा पढ्ने लेख्ने वातावरण राम्रो हुनुका साथै हौसला , इच्छा शक्ती तथा आफुमा राम्रो पढ्नु पर्छ भन्ने भावनाको विकासबाट विधार्थी जीवन सफल बन्न सक्ने शुभमको भनाई छ । सुन्दरहरैंचाको विराटचोक निवासी माता पिता सुनिल र सरोज झाका छोरा शुभम प्रत्येक बर्ष विधालयको कक्षाहरुमा समेत प्रथम हुदै आएको तथा अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको विधालयका प्रिन्सीपल गोविन्द कार्कीले बताए ।

सुमन, विवेक, जीवन ,मुना तथा रन्जीताको स्मृर्तीमा संचालनमा आएको करिव १२ सय विधार्थी अध्यानरत रहेको कक्षा १२ सम्म पढाई सन्चालन हुने सुविजीमुरले यस बर्षको एसइई परिक्षामा उत्कृष्ट अंक समेत ल्याउन सफल भएको विधालयका प्रिन्सिपल कार्कीले बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित