बाल क्लब सञ्जाल पुनर्गठन

संखुवासभा  / दुई दिनदेखि भएको नगर बाल भेलाबाट खाँदबारी नगर स्तरिय बाल क्लब सञ्जाल पुनर्गठन भएको छ । विरेन्द्र कार्कीको अध्यक्षतामा १५ सदस्यीय सञ्जाल गठन भएको हो । सञ्जालको उपाध्यक्षमा मनिशा कार्की, सचिव सुजिता पोख्रेल, सह–सचिव एलिशा ओझा र कोषाध्यक्षमा जयन्ती तामाङ चयन भएका छन् । विगत चार वर्ष अगाडीबाट पुनर्गठन हुन नसकेको बाल क्लब सञ्जालको नयाँ समिति समेत निर्माण भएको हो ।

सोमबार समापन कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले बालबालिकाको क्षेत्रमा नगरपालिकासंग नियमित सहकार्य गर्दै बालमैत्री नगरपालिका निर्माणमा महत्वपुर्ण कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । क्लबले नगरपालिकामा बढ्दो बाल हिंसाका घटनाहरुलाई निर्मुल पार्न हाम्रो टिम कटिबद्धका साथ अगाडी बढ्नेछ कार्कीले भने ।

बाल भेलामा नगरपालिकाका क्लबहरुबाट ७० बालबालिकाहरुको उपस्थिती रहेको थियो । जिल्ला बाल क्लब समन्वय समितिका अध्यक्ष सञ्जय ओझा, खाँदबारी नगरपालिकाका उपमेयर डेगेश्वरी श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख अम्बिका खवासले नगरपालिकाको बालबालिका क्षेत्रमा सकृय रुपमा सफल कार्यकालको शुभकामना दिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित