जिब्रोले निधार छुने अच्चमका युवाको फिल्म खेल्ने रहर

मोरङ । सामान्य मानिसलाई आफनो जिब्रोलाई नाकको टुप्पोसम्म पुर्याउनु नै धौ धौ पर्छ । तर मोरङमा एक अचम्मका युवा छन जो जिब्रोले निधारसम्म पुर्याएर सबैलाई चकित तुल्याउँछन । मोरङको उर्लाबारी ५ झुम्रामा बसोबास गर्दै आएका मोरङको बेलबारी ११ लक्ष्मीमार्गका यज्ञबहादुर कटुवालको अदभूत कलाले सबैलाई लोभ्याउने गरेको छ ।

उनी आफनो जिब्रोलाई निधारसम्म पुर्याउन सक्छन । उनको नाकको डाँडी सामन्य मानिसको भन्दा भिन्न रहेको छ । एकदमै सानो उनको नाकबाट किराहरु निस्किने गरेको उनी बताउँछन । बाल्यकालदेखि नै नाक सानो रहेको भएपनी केहि समस्या नभएको तर केहि समय यता भने किरा निस्कन थालेको उनी बताउँछन ।

आर्थिक अवस्था कमजोर भएका उनले जसोतसो गरेर नोबेल हस्पिटल मोरङमा नाक भित्र रहेको किराको उपचार गराएपनि निको भएको छैन ् । उनको टाउको ढुङ्गा भन्दा साह्रो छ भने अहिलेसम्म दाँतको नाममा एउटा मात्र रहेको छन् । गाउँमा (ईकु) नामले परिचित उनलाई फिल्मको लागी पनि अफर आएको उनले बताएका छन । उनलाई आफुभित्र रहेको अदभूत कला फिल्म मार्फत आम दर्शक माझ पुर्याउने रहर लागेको बताउँछन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित