पथरी र बिराटनगरको दुवै एभरेष्टको बोर्ड फष्टमा दावी

मोरङ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा पथरीशनिश्चरे नगारपालिकामा रहेको एभरेष्ट अग्रजी आवशिय माध्यमिक विद्यालयका छात्रा समिता रिजाल र आर्दश न्यौपानेले जिपिए ४ ल्याएर एसइई उत्र्तिण गरेका छन । स्कुलले उक्त नतिजालाई बोर्ड फष्टको नतिजा भएको दावि गरेको छ ।

एभरेष्टबाट एसइई परीक्षा दिएका दुवैल जिपिए चार ल्याएर बोर्ड टप गरेको विद्यालयका निर्देशक रविन कनदङवाले बताएका छन । यस्तै विद्यालयका प्रधानाध्यापक शान्तिराम तिम्सीनाले पनि जिपिए ४ ल्याउने रिजाल बोर्डकै टप एसइई परीक्षार्थी भएको दाबी गरेका छन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार साँझ सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा बिराटनगरको एभरेस्ट स्कुलकी छात्रा कृतिका थापा नेपाल टप भएको दाबी गरिएको छ ।

एभरेष्टबाट एसइई परीक्षा दिएकी कृतिकाले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक टिकाराम पुरीले जानकारी दिएका छन । जिपिए ४ ल्याउने थापा नेपालकै टप एसइई परीक्षार्थी भएको उनको दाबी रहेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित