क्यालिफोर्नियामा विश्वका नराम्रा कुकुरहरुको प्रतियोगिता ( ९ तस्विरहरू)

एजेन्सी / अमेरिकाको क्यालिफोर्नियामा भएको विश्वका नराम्रा कुकुरहरुको प्रतियोगितामा पहिलो पुरस्कार नेपोलिटन मास्टिफ प्रजातीको कुकुर मार्थाले जितेको छ ।मार्थाले क्यालिफोर्नियाको पेटालुमामा भएको सोनोमा मरिन फेयरमा सञ्चालित नराम्रा कुकुरको प्रतियोगिताको उपाधि जित्दै १ हजार ५ सय डलरसहित ट्रफी पनि हात पारेको छ । यसअघि पनि चिनियाँ प्रजातिका कुकुरले नै यो उपाधि हात पारेका थिए । क्रेस्ट स्वीपी ¥याम्बो, क्वासी मोदोजस्ता प्रजातीका कुकरको यस प्रतियोगिताको उपाधिमा वर्चश्व रहँदै आएको छ । मार्था उद्धार गरिएको कुकुर हो ।

शिर्ले जिन्दरद्वारा उद्धार गरिएको मार्थालाई झण्डै आँखाको दृष्टि गुम्न लागेको अवस्था र दुखाइले छट्पटिरहेको अवस्थामा भेटिएको थियो । धेरै पटकको आँखाको शल्यक्रियापछि मार्थाले आँखा देख्ने मात्रै होइन, आफूले प्रतियोगितामा जितेको ट्रफीका साथै पुरस्कारका रुपमा पाएको १ हजार ५ सय डलर पनि देख्न सक्ने भएकी छ ।

स्टेजमा पटक–पटक आफ्नो झोल्लिएको अनुहार भुइँभरि लत्राएपछि निर्णायकको नजरमा मार्थाले सबैभन्दा नराम्रो कुकुरको उपाधि हात पारेको हो । उसले प्रतिस्पर्धामा सहभागी अन्य १३ कुकुरलाई पछि पार्दै उपाधि जितेको हो । प्रतियोगितामा सहभागी कुकुरहरुमध्ये अधिकांश चिनियाँ क्रेस्टेड प्रजातीका थिए ।

प्रतिक्रिया

सम्बन्धित