यस कारण परीक्षाफल प्रकाशनमा ढिलाइ

काठमाडौँ / आज दिउँसो सार्वजनिक हुने भनिएको संवत् २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल प्रकाशनमा प्राविधिक समस्याका कारण ढिलाइ भएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले दिउँसो ४ बजे परीक्षाफल प्रकाशन गर्न पत्रकार सम्मेलन तय गरेपनि प्राविधिक काम पूरा गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी रहेकाले ढिलाइ भएको उपनियन्त्रक गेहनाथ गौतमले जानकारी दिनुभयो । उहाँले आज साँझ करीव ८ बजेसम्ममा परिणाम सार्वजनिक गर्ने तयारी भएको बताउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित