दुर्गम गाउँमा निशुल्क पशुपक्षी स्वास्थ्य शिबीर

तेह्रथुम / बिभीन्न रोगहरुबाट सुरक्षित बनाउने उदेश्यका साथ जिल्लाको दुर्गम गाउँमा सञ्चालन भएको निशुल्क पशुपक्षी स्वास्थ्य शिबीरमा २२ सय बढी पशुपक्षीलाई औषधी बितरण गरीएको छ । जिल्लाको छथर गाउँपालिका ३ पञ्चकन्यामा सञ्चालन भएको शिबीरमा गाई गोरु २ सय ५ भैसी राँगो ३१ बाख्रा बोका १ हजार १२ बंगुर ६३ र ८ सय ९९ कुखुरा गरी जम्मा २२ सय १० पशुपक्षीलाई जाँच गरी औषधी बितरण गरीको छथर पशु सेवा बिभागका प्रबिधीक दिपक बाबू सिंहले बताउनु भयो ।

वडा अध्यक्ष तुलसीजंघ थापाले स्थानीय चन्द्र बहादुर दर्जीको बाख्रालाई प्राबिधीकहरुले जाँच गरे सँगै औषधी बितरण गरी शिबीरको सुरुवात गर्नु भएको थियो । शिबीरमा जाँच भएका पशुहरुलाई नाम्ले,जुकाको औषधी, खोकीको औषधी, जुम्रा, छालाको औषधी लगायतका औषधी बितरण गरीएको थियो । त्यस्तै पक्षी कुखुराको स्वास प्रस्वास सम्बन्धी औषधी बितरण गरीएको थियो । दुर्गम गाउँमा सञ्चालन भएको शिबीरले स्थानीयहरुलाई राहात मिलेको बताएका छन । पशु तथा पक्षीको स्वास्थ्यको बारे प्रर्याप्त ज्ञानको अभाबका कारण बर्षेनी स्थानीयहरुले पाल्दै आएका पशुपक्षीहरु बिभीन्न रोगका कारण मर्ने गरेका छन ।

समय समयमा शिबीरको आबश्यकता रहेको वडा सदस्य फौदारज लिम्बुले बताउनु भयो । गाउँका किसानले धेरै पशुपक्षी पालेका छन् तर औषधी उपचारको बारे ज्ञान नहुँदा बर्षेनी लाखो गुमाउनु परेको छ उहाँले भन्नु भयो । पुशपक्षीको बारे बिभीन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न पर्ने शिबीरमा सहभागी किसानले बताएका छन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित