दर्ता नगरि स्कुल चलाउने विरुद्ध मुद्दा छुटेपछि विद्यालय सञ्चालन

ओखलढुंगा / सिद्धिचरण नगरपालिका वडा न २ मा दर्ता नै नगरी निजी विद्यालय सञ्चालन गर्ने सञ्चालक र प्रिन्सिपल धरौटीमा छुटेका छन् । गैरकानुनी रुपमा विद्यालय चलाउँदै आएका कुरुकुल एकेडेका सञ्चालक बलराम कट्वाल र प्रिन्सिपल दुर्गा लिम्बु धरौटीमा छुटेका हुन् । कट्वाललाई ५१ हजार र लिम्बुलाई ११ हजार धरौटीमा छोडिएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार तीर्थराज भट्टराईले बताउनुभयो ।

शिक्षा ऐन ०७४ (नवौं संसोधन) को दफा १७ को १ ‘क’ अनुसार अबैध रुपमा शैक्षिक गतिविधी सञ्चालन गरेको अभियोगमा मुद्दा दर्ता गरि धरौटीमा छोडिएको भट्टराईले जानकारी दिनुभयो । कट्वालले दर्ता नगरी शैक्षिक सत्र ०७५ को शुरुबाटै गुरुकुल ऐकेडेमीमा प्ले ग्रुप देखि कक्षा चार सम्म पठनपाठन संचालन गरेका थिए । गैर कानुनी रुपमा विद्यालय सञ्चालन गरेको उजुरी स्थानीयले असार २ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेका थिए । उजुरीका आधारमा प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको थियो ।

अबैध रुपमा संचालन गरेको विद्यालय सञ्चालक बिरुद्ध कानुनी कारवाही शुरु भए पनि दर्ता नभएको विद्यालय भने अझै सञ्चालन भइरहेको छ । राजनीतिक पहुँचका आधारमा गैरकानुनी रुपमा संचालन भएको विद्यालय बन्द गर्नु पर्ने सरोकारवालाको भनाइ छ गैरकानुनी भनेर मुद्दा चले पनि स्थानीय प्रशासन र नगरपालिकाले विद्यालय बन्द भने गराएको छैन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित