नमुना स्कुलको विद्यार्थीको खाजा : डढेको पाउरोटी र अमिलो दुध !

पोखरा / पोखराको अमर सिंह नमुना उच्च मा.बिमा विद्यार्थीलाई स्कुलले दिने खाजाको अस्वस्थता भेटीएको छ । विद्यालयको कक्षा नर्सरीमा पढ्ने सुवाश लामिछानेको स्कुल देखि दिने खाजा (पाउरोटी) डढेको भेटिएको हो । लगभग एक हप्ता अगाडि देखि अस्वस्थ देखिएका सुबासले राम्रोसंग खाना नखाने,समय समयमा पेट दुख्यो भन्दै स्कुल आउन जान आनाकानी गर्ने लक्षण देखाएपछि बालककि आमा सपना लामिछाने वाग्लेले क्लास शिक्षक रुपा घिमिरेलाई जानाकारी गराएकि थिइन् ।

क्लास शिक्षक घिमिरेलाई जानकारी गराउदा स्कुल प्रशासनमा कुरा गर्नुस भनेपछि सपनाले छड्के चेक जाच गर्दा बुधबार छोराले झोलाबाट डढेको पाउरोटी निकालेर देखाएको बताइन् । उनले भनिन् छोरालाई खाजा के छ भन्दा च्यातिएको फोहर पाना कपिमा डढेको थियो,यति मात्र नभै खाना खाजा नखाए पनि दुध पिउन त बाबु भन्दा छोरोले नकार्दै यो पनि स्कुल देखि ल्याएको त होइन भनेर उल्टै प्रश्न गर्थ्यो।

छोराले यस्तो गतिविधि देखाउन थालेपछि विद्यालयको खाजा चेक गर्दा यस्तो अवस्थामा भेटिएको भन्दै आफ्नो छोरो बिरामी हुनुको कारण यहि भएको बालककी आमा लामिछानेले सारंगी न्युजसँग गुनासो पोखिन । लामिछानेको गुनासो सुनेपछी सारंगी न्युजले विद्यालयका प्रधानाध्यापक तेजस्वी बराललाई सोध्दा यसरी पन्छिए ‘ हामीले पोषणयुक्त खाजा खाना नै दिन्छौ त्यस्तो अस्वस्थता नहुनु पर्ने हो l खाना दिनेले चेक गर्ने हो हामीलाई थाहा हुदैन ।’

स्कुलमा सुबिधा सम्पन्न भनेर खर्च गरेर आफ्नो केटाकेटीलाई यसरि स्कुल पढ्न पठाईन्छ तर यस्तो नतिजा आउछ। यसरि स्कुलमा शुरक्षित नभए हामीले आफ्नो बालबालिकालाई कसरि स्कुलमा स्वास्थ्य शुरक्षित र सर्वशुलभ वातावरणमा पढाउन सकिएला ? यस्ता खाले स्कुल प्रति सरकारको ध्यानाकर्षण होस् भन्दै अभिभावकले दुखेसो व्यक्त गरे ।​

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित