बाल क्लब छनौटको लागी पाथिभरामा निर्वाचन

इटहरी / बिद्यार्थीलाई पनि निर्वाचन संम्बन्धि ज्ञान प्रवाह गर्ने उदेश्यका साथ इटहरीस्थित पाथिभरा सेकेण्डरी स्कुलले नमुना मतदान आयोजना गरेको छ । बिद्यालय भित्र बाल क्लब गठनको लागी आबश्यक पदाधिकारीको छनौट निर्वाचन प्रकृयाबाट गर्नलाई मतदान गरिएको हो । साथै कक्षा ८ र ९ को लागी क्यापटेन (केटा र केटी) छनौट पनि निर्वाचन प्रकृयाबाट आयोजना गरिएको थियो ।

बिद्यालय स्तरीय निर्वाचनमा कक्षा ५ देखि १० सम्मका २४५ बिद्यार्थी निर्वाचनमा सहभागी भएका थिए । जसमा बाल क्लवको लागी ५ जना र क्यापटेन र साहयक क्यापटेनको लागी ४ जना बिद्यार्थीले उमेद्धवारी दिएका थिए ।

ब्यवहारिक रुपमा निर्वाचनको जानकारी र उमेद्धवारी र चुनाव चिन्हमा कसरी भोट हाल्ने बिषयमा बिद्यार्थी बिच ज्ञान प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रबन्ध निर्देशक निर्मल रिजालले बताए । नौलो भएपनि यस्ता कार्यक्रमले बिद्यार्थीको अध्यान भन्दा फरक रहेर बाहिरी ज्ञान प्राप्त गरेको उनले बताए । यता निर्वाचनमा सहभागी बिद्यार्थीहरुले मतदान गरेपछि नयाँ उत्साह र ज्ञान बढेको प्रतिकृया दिए । टेलिभिजनमा मात्र भोट हालेको हेरेका कक्षा ४ का रोशन राईले आफनो हातले बाल क्लब छनौटको लागी भोट हाल्न पाउदा उत्साहित भएको बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित