बेश्या संग बिताएकाे त्याे क्षण

पेसाले पत्रकार दैनिक समचारको खोजिमा हिट्ने गरेको हुन्छु । पत्रकार सबैले भन्ने गर्छन आम जनता भन्दा फरक हुनु पर्छ ! हो पनि समाज सुधार्न पत्रकारले ठुलो भुमिका खेल्छ र आम समाजले पत्रकारले लेखेका समचार र लेखहरुमा विश्वास मान्छन । समाचारको खोजिमा बेश्या संग १ घण्टा बिताउदाको अनुभव सेयर गदै छु । सबैले यस बाट केही शिक्षा लिउन भन्ने उदेश्यले । २४ र २५ वर्षको लक्का जवान एक पत्रकार पारिवारीक अवस्थाले अविबाह छ । समचारको खोजिमा भर्खरै बिकशीत हुँदै गरेको बजारमै घर र्थियो । बजारका केही होटलहरुले बेश्या केटिहरु राख्न थालेको एक हुल केटाहरुको समूह बाट सुनियो । अनुभव लिने र समचार राम्रो भेटिने आसमा मेरो मिसन त्यता सुरू भयो । १५ दिनको प्रयास पछि कसै मार्फत एक यौन कर्मी केटि संग फोनमा गफ भयो ।

पत्रकार म = होलो
यौन कर्मी = हाई
म = कहाँ हो
यौन कर्मी = किन ? कोहो तिमी ?
म = ए म हैउ चिनिनउ म ……यो ठाउँ बाट ।
यौन कर्मी = कसरी चिन्नु तिमी जस्ता कति आउछन जान्छ, म पनि यहि ठाउँमा छु ।
म = ए हो ? कहाँ छै ?
यौन कर्मी = म पश्चिम स्टेनको होटलमा ।
म = बाहिर भेट्न मिल्दैन ?
यौन कर्मी = बाहिर त मिल्दैन ! बाहिर खतरा हुन्छ ! यहि सुरक्षीत छ यहीँ आउ ।
म = तिमी संग अरुकेहि कुरा गर्न मिल्छ ? तिमी संग अरु पनि केही कुरा गर्नु छ ।
यौन कर्मी = अह मिल्दैन, पौसा छ भने आउ के गर्ने गर्नुस जानुस १५ सय फि चै बुझाउनु ।
म = अलि कम हुदैन ? म गफ मात्र गर्ने हो ! त्यहि भएर बाहिर भेटौ भनेको ।
उ = हे हुदैन भने पछि हुदैन आउने भा आउ हौन भने राखे !
म = ए ए एक्छि न ल म त्यहि आउछु ल ?
उ = ल ल आउ !

कति सरल तरिकाले उसले मलाई तिमी भनेर संबोधन गरि । मनमा डर सरि भएर गोजिमा नोकिया फोन रेकड गरेर गए । म गकै बेला पुलिसले छापा मार्छकी भनेर रेकड गरेको मोवाईलमा होटलमा यौन कर्मीको रिपोटिङको लागि भनेर रेकड गरिसकेको थिए । होटल अगाडि गएर कसरी पस्ने भन्ने डरले १५ मिनेट अल्मलीए । एक समाजको प्रतिस्ठित चिनेको दाइ त्यहि होटलबाट बाहिर आएको देखे अनि निर्धक साथ पसे । पसेर होटलको क्याबिनमा के बसेको थिए के खाने भन्दै आएर काखमा बस्न खोजिन । त्यतिखेर सम्म मैले पनि उनिलाई चिनेको थिन उनिले पनि मलाई चिनेको थिन्न । मैले नि चिनाईन र उनी र म बिच कुरा भो ।

म = स्प्राईट खाने
उ = म चै के खनु नि ? निर्धक साथ भनिन ! मानौ आफ्नौ श्रीमानलाई भने सरह ।
म = फ्रुटि खाउन त ! केही पाउन केही गुमाउनु पर्छ भन्थे त्यसैले किनि दिए ।
उ = हे के फ्रुटि खानु सिगनेचर खान्छु नि ल ?
म = आफुत स्प्राईट खादै छु कसरी सिगनेचर किन्दिनु तिमीलाई !
उ = कति लोभी , यस्तो मान्छे के आउनु यस्तोमा जानू नि चिया पसल।
स्प्राईट = रेडबुल लिएर आई अनि भनी

माथी जाने हैन ?
म = माथी हौन म संग पौसा छैन । ३०० मात्र छ हुन्छ ?
उ = के रे ३०० मा आउने कुखुरा हो र हामी ? कुखुरा त लोकल लाई ५०० पर्छ ।
मैले कुरा बङगाउदै कुरा गरे । साथीहरु बोलाई दिन्छु बसन म त पौसा छैन जान्न ।
उ = ल बोलाउन त ।

आएर छेउमा बसेर के के गर्छे
मैले प्रसंग बदल्दै सोधे
यस्तो गरेर भोली कसरी हिड्छौ । पछि घर जम होला डर लाग्दैन ?
उसले कति सहज उत्तर दिई ।
उ = आचि कसरी डर हुन्छ ? मेरो घर पशुपति नगर देखि पारी हो । मोरो बिबाह डाक्टर संग हुन्छ किन डराउनु !
सहज उतर आयो । म अल्मलमा परे

अनि सोधे
म = कसरी डाक्टर संग हुन्छ ?
उ = म स्टाप नर्स पढ्दै छु, पढाइ राम्रो छ, राम्ररी पास पनि गर्छु आर्थिक अवस्था कम्जोर छ पढ्नका लागि पौसाको जोह गरेको ।
अझै मैले कुरा बुझिन । सोधे
म = अनि तिम्रो बिबाह चै कसरी डाक्टर संग हुन्छ ?
उ = राम्री छु, स्टाप नर्स पास हुन्छु एउटा राम्रो डाक्टर संग नजिकी दिन्छु, डाक्टरलाई एक रात राख्न पाए भने उसको बच्चाको आमा बनी दिन्छु ।
मलाई झन उत्सुक्ता भो ! र भने
म = भोलि यो कुरा थाहा पायो भने डाक्टरले ?
उ = कसरी थाहा पाउछ ? डाक्टर कार मा हिड्छ म संग संभोग गर्नेहरु फुटपातमा हिड्छन ।
म = कसैले सुनाई दियो भने ?
उ = तिमी त पत्रकार हो कि क्या हो पूरा कोईसन गर्छैउ हुन्छ ?
म = हैन तिम्रो बुद्घ र आट देखेर म नै अचम्ममा परे । तिमी जस्तो साहशी केटित अहिले सम्म देखेकै थिन ।

अनि मैले डाक्टरलाई भनिदिए भने ?
उ = पत्यउनु परोनि ! एउटा स्टाप नर्स जस्तो मानिस लाए एउटा साधार मानिसले यस्तो ब्रेल्म लगाउदा । कहाको हामी हाई स्टेन्डर फेमेलीको हुन्छौं । कहाको तिमी ! भेट पनि हुनु पर्याे नि हामी कामको काम फुर्सद हुदा पारिवारीक रमझममा हुन्छौं कसरी भेट्नु । ल कुरा मात्रौ गर्ने कि काम पनि गर्ने हो ? गर्ने हो भने जाउ हौन भने म लागे ।
म = ३ सयमा हुदैन डिस्काउन गरिदेन म साथीहरु ल्यईदिन्छु नि !
उ = भो यो सब्जिपसल हौन दलाल गर्न, ७ सय त होटलले राख्छ हामिले पाउने छ ८ सय मात्र हो । ३ सयमा चै बाथरुम जानू सितैमा हुन्छ ।
म = अनि ८ सयले कहिले पुराउनु स्टाप नर्स पढ्ने पौसा ?
उ = कति बज्यो ? मलाई सोधि
रिसाएर हिड्ली भनेर घडि हेरेर भनी दिए २ बज्यो ।
उ = २ बज्यो २४ सय भै सक्यो ! साझ सम्ममा २ जनात भेट्छु होलानी अनि भरे नाईट बुक भै सकेको छ ।
म छक्क परे मेरा सबै बोलिहरु हराए मेरो रिपोटिङ पनि लगभग लगभग पुगेको थियो केटि हेर्दा लोभलाग्दी थि तर के गर्नु पत्रकारको गोजिमा कापि र कलम भन्दा अरु केही हुदैन । बहान बनाउन सजिलो भियो मलाई अनि भने

नाईटको चौ कति ?
मेरो खिल्ली उडाउदै भनी
उ = तिमीलाई त २ हजार भन्दा नि आउदैनउ किन चाहियो फेरि तिमी संग बस्दात घाटा हुन्छ तर निन्दा चै पुराउन पाईन्छ होला तिम्रो ज्यान देखेर ।
मेरो दुब्लो शरिरको खिस्सी उडाउदै भनी ।
म = खै भोलि आउ भनेको अब दाम नै भन्दैनउ भने नआउला !
उ = भो भो घुर्काउनु पर्दैन आउने भा ३५ सय हो आए हुन्छ भोलि त यहाँ हुदिन नि त्यो परको होडलमा हुन्छु । अर्काे होटलको नाम भन्दै ठेगाना बताई । करिव १ घण्टाको गफ पछि छुटिए हामी हिड्ने बेलामा सारौ मज्जाको रहेछै, तिमी संग गफ गर्न मज्जा लाग्यो सबै कुरा समचार नबनाउनि भन्दै थि । म पनि तिम्रो सोच पूरा होस भन्दै निस्कीए । र उसको कमाईको हिसाब गरेको त्यो दिनको २ बजे सम्मको कमाई ५९ सय भै सकेको रहेछ । आज ४ बर्ष भौ सको सायद उसको सपना त पूरा भयो होला मेरो अवस्था जिउको तिउ छ । मैले लेखेका समचार र उसलाई संभोग गर्ने मानिस बराबरी भए होला फरक यति छ उसका जति मानिस फेरिन्छन त्यति पौसा आउछ मेरा जति समचार आउछ त्यति कलम फेरिन्छ । पत्रकार भएकोमा सान र सम्मान छ तर घरमा पकाउने चामल छैन ।

अन्त्यमा एउटा प्रश्न खड्कीयो ।

तर कसैले बुझदैन उ पनि आम मानिस सरह हो भन्ने कुरा । पत्रकारले आम जनताले गर्ने कुरा गर्नु हुदैन भन्ने धारण छ समाजमा, समाज बदल्नु छ भने नराम्रो कुराको पनि संगत गनु पर्छ जस्तै हिरा काट्नु पर्यो भने हिरा नै चाहिन्छ । पत्रकारले पक्ष लाग्नु हुदैन, झन राजनितिमा त हातै हाल्नु नै हुदै भन्छन । आम जनताले गर्ने कुरा गर्न नपाउने हो भने पत्रकारले कस्कालगी बाच्ने ?

पक्ष नलाग्ने हो हो भने समाजमा राम्रा र नराम्रा २ वटा पक्ष हुन्छ के लेख्ने ? के पत्रकारको चै आस्ता हुदैन ? उ पत्रकार हुनु भन्दा अगाडि कुनै न कुनै कुरामा बिधिएको अवस्य हुन्छ, आम जनाताले बिबाह गर्छन, व्यापार गर्छन, उधोग खोल्छन, घर गृहस्ती गर्छन, भर्मण गर्छन के पत्रकारले नपाउने ? अहिलेको समयमा गाँस बाँस कपास संगै सेक्स पनि आधारभुत आवस्यक्तामा पर्छ सबै मानिसहरु यी कुरा बाट टाढा हुन सक्दैन्न । समाजका मानिसले गर्ने कृयाकलाप के पत्रकारले गर्न नपाउने ?

प्रतिक्रिया

सम्बन्धित