जन्म नक्षत्रको आधारबाट तपाईंको यौन जीवनको जानकारी

काठमाडौं । ज्योतिष शास्त्रमा आकाशमा रहेका तारासमूहलाई नक्षत्र भनिन्छ। तर हामीले भन्ने नक्षत्र चन्द्रपथसँग सम्बन्धित हुन्छ। तपाईंको जन्म समयमा चन्द्रमा कुन नक्षत्रमा थियो। त्यसको आधारबाट तपाईंको यौन जीवनको बारेमा सामान्य जानकारी गराउदै छौ।

आश्विनी:- सुखी दाम्पत्य जीवन, सीमित सन्तान, सीमित मर्यादित यौन सर्म्पर्क एवं कामुकतामा शान्त र गम्भीर ।

भरणी:- सुखमय दाम्पत्य जीवन, पुत्रवान्, पति पत्नी भल संयमित यौन जीवन । कृतिका:- कुकर्मी, पत्नी सन्तानलाई दुःख दिने, कलहप्रिय, अतृप्त यौन जीवन तथा दाम्पत्य जीवन ।

रोहिणी:- उत्तम चरित्रवान्, सन्तानवान् एवं सुखद दाम्पत्य जीवन, सीमित एवं मर्यादित यौन जीवन । मृगशिरा:- परस्त्री, पुरुषगामी, मध्यम दाम्पत्य सुख, उद्वेगमय यौन, जीवन ।

आद्रा:– पति एवं पत्नी सन्तानको लागि कठोर, पापी, चरित्रहीन, स्वार्थ यौन जीवन । पर्ुनर्वसु- सुखद दाम्पत्य जीवन । तर भोग लिवासीप्रिय, सन्तान सुखपूर्ण ।

पुस्य:- सुखद दाम्पत्य जीवन, सन्तानप्रति निष्ठावान्, उचित यौन जीवन । अश्लेषा:-महाकामी क्रूर, परिवारलाई अत्यन्त दुःख दिने, सन्तानको जीवन कष्टपूर्ण ।

मघा:- विलासप्रिय यौन जीवन सामान्य सुखी परिवार प्रायः पुत्रहीन ।

पूर्व फाल्गुणी:-अनेकौँ प्रेमीप्रेमिका, सुखी दाम्पत्य जीवन, अवैध सन्तान हुन सक्ने ।

उत्तरा फाल्गुणी:– संयमित यौन जीवन, पारिवारिक सुखी, पुत्रवान् ।

 

हस्ता:- परस्त्रीगामी, कल्हपूर्ण दाम्पत्य जीवन, प्रायः सन्तानहीन ।

चित्रा:- निष्ठावान्, उचित यौन जीवन अनेकौँ सन्तान ।

स्वाती:- ब्रहृमचर्यमा आस्थावान्, यौनमा नियन्त्रण राख्न सक्ने, तर पनि सुखद दाम्पत्य जीवन, पुत्रवान् ।

विशाखा:- वेश्यागामी, परिवारलाई कष्ट दिनेवाला, प्रायः सन्तानहीन ।

अनुराधा:- उत्तम चरित्रवान्, सन्तानवान्, सुखद दाम्पत्य जीवन, उचित एवं संयमित यौन जीवन ।

 

जेष्ठा:- सुखद दाम्पत्य जीवन, सन्तानमा निष्ठावान् उचित यौन जीवन ।

मूल:- हिंस्रक मैथुनप्रिय, सुखी परिवार प्रायःकम सन्तान ।

पूर्वषाढा:-गुप्त प्रेमी, सुखद दाम्पत्य जीवन, प्रायः, अवैध सम्बन्ध ।

उत्तराषाढ:-रतिप्रिय, सामान्य सुखी परिवार, अधिक सन्तान ।

 

श्रवण:- अत्यन्त कामुक, सुखी परिवार एवं प्रायः सन्तान सुखमा कमी ।

धनिष्ठा:- परिवारमा क्रुरकर्म गर्नेवाला, दुःखी दाम्पत्य जीवन, निर्बल, रोगी सन्तान ।

शतभिषा:- अर्काकी स्त्री-पुरुषप्रति आशात्म दुःखी, दाम्पत्य जीवन, विश्वस्त प्रेमी, अधिक सन्तान ।

पूर्वभाद्रपद:- सामान्य यौन जीवन, कम सन्तान, साधारण दाम्पत्य सुख ।

उत्तर भाद्रपद:- अदभ्य यौन, गुप्त प्रेमी, सुखी दाम्पत्य जीवन,    पुत्रवान् । रेवती- सुखी दाम्पत्य जीवन, सीमित मर्यादित यौन जीवन, सीमित सन्तान, शान्त एवं कमी र कामुकता ।

प्रतिक्रिया

सम्बन्धित