के तपाईलाई धेरै रिस उठ्छ ? नियन्त्रण गर्न यी खाने कुराहरु खानुस्

मानिसहरु व्यस्त जीवनशैलीका कारण आजकल तनाव आम समस्याका रूपमा रहेको छ । तनावका कारण मानिसहरू धेरै रिसाउछन् । न तनावमा रहदाँ चाहँदा नचाहँदै पनि दिमागमा दबाब अनुभव गर्न थाल्नुहुन्छ र रिसाउन थाल्नुहुन्छ ।

तर धेरै रिसाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । रिसले गर्दा मस्तिष्कका हर्मोनहरूमा प्रभाव पर्छ र दिमाग शून्य हुन थाल्छ । यसले सोच्ने क्षमतामा पनि नकारात्मक प्रभाव पार्छ । यसबाट तपाईंलाई माइग्रेन, तनाव र अवसाद जस्ता समस्या आइलाग्छन् ।यहाँ हामी केही त्यस्ता खानेकुराहरूको चर्चा गर्दैछौं जसलाई खाएपछि क्रोधलाई केहि नियन्त्रणमा राख्न सकिन्छ ।

दही
क्याल्सियम भरपूर हुनाले दही सेवनले मूड ताजा राख्छ । यसबाहेक रजस्वला हुँदा दिनको दुईपटक दही खानुभयो भने ताजा अनुभव गर्न सक्नुहुन्छ । यसको सेवनले हर्मोनमा परिवर्तन र एस्ट्रोजेन प्रोगेस्टेरोनलाई सन्तुलनमा राख्छ ।
केरा
दिनमा दुईवटा केरा खाँदा मूड फ्रेश रहन्छ । यसमा भएको कार्बोहाइड्रेट्स, पोटेसियम, भिटामिन बी६ र म्याग्नेसियमले मस्तिष्कमा सेरोटोनिन स्तर बढाउँछ ।

ओखर
ओमेगा ३ फ्याट्टी एसिड तथा म्याग्नेसियमले भरपूर ओखर राति सुत्नुअघि खाँदा रिस नियन्त्रण गर्न सकिन्छ । यसको सेवनले मस्तिष्कमा सेरोटोनिन स्तर छिट्टो बढ्छ र तनाव कम हुन्छ । अनि राम्रो निद्रा पनि लाग्छ ।

दिनमा दुईवटा केरा खाँदा मूड फ्रेश रहन्छ । यसमा भएको कार्बोहाइड्रेट्स, पोटेसियम, भिटामिन बी६ र म्याग्नेसियमले मस्तिष्कमा सेरोटोनिन स्तर बढाउँछ ।

पीनट बटर
मम्फली बदाम र भेजिटेबल ओयल मिलेर बन्ने पीनट बटरले पनि रिस कम गर्छ । रिस उठेमा दुई चम्चा पीनट बटर खानुस् ।

ग्रिल्ड चीज
ग्रिल्ड चीज खाँदा मुखको स्वाद राम्रो हुन्छ र रिसमा आफैं नियन्त्रण हुन्छ । कार्बोहाइड्रेट्स र भिटामिन बीले भरपूर ग्रिल्ड चीज खाँदा रक्तचाप तथा तनाव कम गरेर रिस नियन्त्रणमा ल्याउन सकिन्छ ।

कफी
दिनको दुई कप कफी पिउँदा डिप्रेसन लाग्न पाउँदैन । यसमा फोलिक एसिड, सेलिनियम, फ्याट्टी एसिड र उच्चस्तरीय एन्टीअक्सिडेन्ट हुनाले दिमागका रक्तकोषिकाहरू क्षति हुन पाउँदैनन् र रिस पनि नियन्त्रणमा रहन्छ ।

पानी

दिनमा कम्तीमा आठ गिलास पानी पिउनुभयो भने रिस नियन्त्रणमा रहन्छ । पानी पिएपछि तपाईं आनन्दित अनुभव गर्नुहुन्छ र रिस कम हुन्छ

प्रतिक्रिया

सम्बन्धित