महामारी फैलिन सक्ने खतरा रहेको भन्दै बर्षादको पानी प्रयोग नगर्न मौसमबिदको सुझाब

काठमाडौं / जल तथा मौसम विज्ञान विभागले मनसून सक्रिय नभएसम्म बर्षादको पानी प्रयोग नगर्न सर्वसाधरणलाई सार्वजनिक आव्हान गरेको छ ।विभागले भारतको राजस्थानबाट धुँलो नेपालको पश्चिमी भूभागबाट आँधीको रुपमा प्रवेश गरि पुर्वीय हावासंग मिश्रण हुँदा भएको बर्षामा मानव तथा पशुपंक्षीका लागि पनि हानिकारक रहेको भन्दै बर्षादको पानी प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह गरेको हो ।

पहेलो रंगको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फालेर नयाँ पानी प्रयोग गर्न मौसमबिदले सुझाब दिएका छन् ।पहेलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरा रहेको मौुमबिदले बताएका छन् ।

भारतको राजस्थान आसपासको मरुभूमिमा चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डल हुदै नेपालको वायूमण्डलमा समेत प्रवेश गरेको हुँदा शुक्रबार राती परेको बर्षा पहेलो र हिलो मिसिएको पाईएको हो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित