चायाँले दिक्क हुनुहुन्छ ? अपनाउनुस यी उपाय

चायाँ घुलो धुँवा, पानी अनि हामीले प्रयोग गर्ने साबुन वा स्याम्पु वा अन्य कारणबाट पनि हुनसक्छ । तपाईंको कपालमा पनि चाया परेको छ भने तपाईंले यी उपाय अपनाउँदा फाइदा हुन्छ ।

– अण्डाको पहेँलो भागमा अमिलो दही मिसाउने र कपालमा लगाएको आधा घण्टा पछि पखाल्ने ।

– कागतीको रसमा मरिच मिसाउने र कपालको जरा सम्म लगाउने ।

– अमिलो दहीमा बेसन मिसायर कपालमा लगाउने अनि एक घण्टा पछि कपाल पखाल्ने ।

– ग्लिसिरिङ र गुलाब जल मिसाएर हरेक बिहान कपालमा लगाउने र केही बेर पछि कपाल धुने ।

– नरिवलको तेलमा कपुर मिलाएर कपालको जरा सम्म पुग्ने गरी मसाज गर्ने । केहि समय यसो गरेमा तपाईको कपालको चाया कम हुँदै जान्छ ।

– तोरीको तेलले कपाल मसाज गर्ने । मसाज गरेको आधा घण्टा पछि तातो पानीमा तौलिया भिजाएर राम्रोसंग निचोर्ने अनि कपालमा बेर्ने । यसो गर्दा कपालको रोमछिन्द्र खुल्छ । यसो गरेको १५ मिनेट पछि कपाल नुहाउने ।

– चकन्दरको पातलाई पानीमा उमाल्ने । उमालेको पानीले कपाल नुहाउनाले पनि चाया कम हुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित