सुहागरातको बिहान बेहुलाको रहस्यमय मृत्यु

रुपन्देही । रुपन्देहीमा केही दिन अघि एक युवा जवरजस्ती विवाह गरेका थिए । बिबाह गरेकोे अर्को दिन बिहान उनी मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर–७ अमुवा हिरागञ्जका ३२ वर्षिय कर्णबहादुर बुढाथोकीलाई स्थानीय अन्दाजी ३२ वर्षिया रुकमणी खवाससँग माया प्रेम रहेको भन्दै उनको समुदायले जेठ–२४ गते विवाह गराईदिएका थिए । सो विवाहलाई मृतक बुढाथोकीका परिवारजनले जवरजस्ती भनेका छन् ।

लामो समयदेखि उनीहरुबीच प्रेम सम्वन्ध रहेको भन्दैती युवतीका परिवारजनले बुढाथोकीले विवाह नगरे ज्यान मार्ने सम्मको धम्की दिई जवरजस्ती विवाह गराई दिएको बुढाथोकीका आफन्त नैनबहादुर लोकचनले बताए । ‘केटा र उनका परिवारले उनलाई विवाह गर्नै मानेका थिएनन’– उनले भने–‘ केटी पक्षको ठुलो जमात आई ज्यान मार्नेसम्मको धम्की दिएपछि विवाह गर्न बाध्ये भएका थिए ।’

जवरजस्ती विवाह भएका कारण त्यस रात घरमा बस्न नचाहेर बुटवलको दोस्ती रेष्टुरेन्ट एण्ड लजमा उनीहरु दुवै जना बस्न गएका थिए । त्यस लजका सञ्चालक किरण पाण्डेसँग सम्पर्क राख्दा उनले भने–‘उनिहरु त्यस्तै साँझ ६ बजेतिर आएका थिए । १०८ नम्वर रुम बुक गरेका थिए । उनिहरुसँग एक महिलासहित ८, ९ जना मानिसहरु पनि आएका थिए । अरु मानिसहरु राती साढे दश बजेसम्म मादक पदार्थ सेवन गर्दै बसेका थिए । केही विवाद जस्तो पनि पाईन्थ्यो तर हामी त्यता पट्टि लागेनौ । उनिहरु सबै जना राती हिडेपछि उनिहरु दुई जना त्यस रुमा सुत्न गएका थिए ।’

त्यस्तै उनले थपे, ‘बिहान त्यस्तै साढे ६ बजेतिर उनिहरु दुवै जना कोठाबाट निस्केर ढोका खोल्न लगाए । हाम्रो स्टाफले ढोका खोलेपछि नवदुलही सामान किन्न भन्दै बाहिर निस्किईन । त्यसपछि बेहुला कोठा भित्र गए । उनि करिब २० मिनेटमा फर्किइन । कोठामा जाँदा चुक्कुल लगाएको देखेपछि स्टाफलाई बोलाएर ढोका हानेर खोल्दा उनि झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई फोन हानेर बोलाएका हौं ।’

मृतक बुढाथोकीका परिवारजन उनको मृत्युलाई रहश्यमय भन्दै छानविनका लागि प्रहरीमा उजुरी दिएका छन् । झुण्डिएको कोठाको ढोका खोल्दा चुक्कुल अडाउने किलाहरु नभाँचिनु, सोतो तन्नाको डोरी बनाएर पंखाको हुपमा नभई त्यसको पातामा डोरी थियो भनिनु, मृतकका परिवारजनलाई पहिला थाहा नदिई केटी पक्षका मानिसहरुलाई बोलाई शव उठाउनु, लुम्बिनी अञ्चल अस्पतालमा शव पुराएपछि करिब डेढ घण्टा पछि मात्र आफुहरुलाई खबर गरिनुले उनको मृत्युको घटना रहश्यमय रहेको मृतकका परिवाजनको भनाई छ ।

रोई रोई जोडेको नाता पाईयोः डिएसपी भट्टराई

घटनाका सम्वन्धमा वुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी केशव भट्टराईसँग सम्पर्क राख्दा उनले परिवारजनले जवरजस्ती विवाहको दावी गरे पनि अनुसन्धानको क्रमा त्यस्तो नखुलेको बताए । उनले भने–‘ति महिलासँग बुझ्दा राजखुसी विवाह गरेको खुलेको छ । २४ गते दिउँसो छिमेकीमा ती युवतीका आफन्तले स्थानियको एक घरमा केटा ती युवासँग भेट गराएको उनले बताएकी छन् ।

उनले भनेकी छन्–‘हामी दुई जना सँगै एक्लै कोठामा बस्यौं । विगतको माया प्रेमको कुरा सम्झेर दुवै जना धेरै बेरसम्म रोयौं । दुवैले विहे गरेर सँंगै बस्ने हामीले निर्णय गरेपछि सवैले ताली बजाएर स्वागत गरे । त्यहाँबाट हामी शिद्धबाबा तिर आएर साँझसम्म बस्यौ र होटलमा सुहागीरात मनाउन भन्दै गएका थियौं ।’

डिएसपी भट्टराईका अनुसार ती दुई जना होटलमा गई सकेपछि मात्र चार पाँच जना उनका आफन्त त्यस होटलमा पुगेका थिए । घटनाको गम्भीर ढंगसँग अनुसन्धान भई रहेको र ती होटलमा पुगेकाहरुसँग सोधपुछ हुदै गरेको डिएसपी भट्टराईले बताएका छन् ।

विवाहपछि हाँसीखुसी थिएः प्रत्यक्षदर्शी

विवाहको साँझ होटलमा पुगेका बुढाथोकीका साथी कमल भट्टराईले त्यस दिन साँझ उनिहरु हाँसी खुसी रहेको बताएका छन् । उनले भने–‘उनी र म २२ वर्षदेखि निर्माण क्षेत्रमासँगै काम गर्दै आएका थियौं । उ मेरो मुटु थियो ।’

ती युवती थारु समुदायकी हुन् । १२–१५ वर्ष देखि उनिसँग माया प्रेम थियो । तर गत एक वर्षदेखि उनिहरुको सम्वन्ध टाढिएपछि त्यहाँको समुदायले पटक पटक उनिहरुलाई भेट गराउन खोजे । केटीले समुदायले भेट गराउने आश मारेर आफै केटाको छिमेकमा आएर विवाह गरेका हुन् । त्यो समुदायले हामी नजिकको साथी भएकोले मलाई पनि विवाहका लागि सकरात्मक बनाउन खोजेका थिए ।

मृतक पक्षका नैनबहादुर लोकचन भन्छन्– ‘भट्टराई र मृतक बुढाथोकी पहिल्यैै देखिका मिलनसार साथी र निर्माण सेवा कम्पनीमा समेत पार्टनर थिए । तर पहिला जस्तो उनिहरुको सम्वन्ध राम्रो थिएन । पहिला ती युवतीसँग विवाह नगर्न सुझाउने मान्छे भट्टराई थिए । तर पछि विवाह गर्न दवाव दिने मध्येका उनै हुन पुगे । यस विषयमा हामीलाई थुप्रै खाले आशंका छ । त्यस्तै मृतककी आमा हिमकुमारी बुढाथोकीले विवाहका लागि पटक पटक दबाब दिदै आएको पाि बताईन् । उनले भनिन् ‘विवाह नगरे मेरो छोरालाई ज्यान मार्ने सम्मको धम्की दिएको थियो । त्यसका बाबजुद पनि छोराले बिहे गर्न मानेकै थिएन ।’ उनले थपिन–‘मेरो छोराले आफै ज्यान हाले कै होईन कसैले ज्यान लिएको हामीलाई आशंका छ ।’

उनि सहित मृतकको आफन्तले यतिका दिनदेखि सञ्चार माध्यमासमेत यो घटना गापचुप पारिएको गुनासो गरे । बुढाथोकी र भट्टराई सुशिला निर्माण सेवा प्रा.लि संयुक्त रुपमा सञ्चालन गरी ठेक्का पट्टा गर्दै आई रहेका थिए । मृतक बुढाथोकीको पुर्खेयौंली घर बाग्लुङ्गको बुर्तिबाङ्ग हो । साभार श्राेतः न्यूज२४बाट

Purbeli TV

 

प्रतिक्रिया

सम्बन्धित