ज्येष्ठ नागरिकको उपचार गर्दे नगरपालिका

बेलबारी । बेलबारी नगरपालिकाले जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गर्न थालेको छ । नगरपालिका भित्र बसोबास गर्ने ६० बर्ष भन्दा माथिका बृद्धबृद्धाको शुक्रबार देखि स्वास्थ्य परिक्षण गर्न थालेको हो । शुक्रबार बेलबारी १ मा रहेको जेष्ठ नागरिक भवनमा २ सय भन्दा वढि र कसेनी स्वास्थ्य चौकिमा पनि एक सय पचास जना भन्दा वढि बिरामीको उपचार गरिएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक सन्तोष बिकले बताएका छन । बिकका अनुसार बाहुनी र डाँगीहाट स्वास्थ्य केन्द्रमा आईतबार र सोमबार बिरामीको स्वास्थ्य परिक्षण गरिने भएको छ ।

इसिजि सहितको स्वास्थ्य शिबिर सञ्चालन गरिएको बिकले बताए । नगरपालिकाले यसअघि महिला रोग,कुष्ठरोगको गाउँगाउँमा नै गएर स्वास्थय शिबिर सञ्चालन गरी सकेको छ । आङखस्ने समस्या,क्षयरोग,कुष्ठरोग लगायतका रोगको शिबिर नगरपालिकाले सञ्चालन गरिसकेको छ । शिबिरमा आङखस्ने समस्या बृद्धबृद्धामा वढि भेटिएको थियो । ६० बर्ष भन्दा वढिका महिलामा उत्त समस्या भेटिएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका सह सयोजक बिकको भनाई रहेको छ ।

यसैगरी बेलबारी नगरपालिका वडा नम्बर ७ ले महिलाहरुलाई लक्षित गरेर आयोजना गरेको स्वास्थ्य शिबिरमा ७ जना महिलाहरुमा पाठेघर खस्ने समस्या भेटिएको वडानम्बर ७ का अध्यक्ष चेतबहादुर बस्नेतले बताए । नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा बिभिन्न खालका शिबिर सञ्चालन गर्दे आईरहेको छ । पाँच प्रकृतिका बिरामीले नगद २५ हजार पाउदै स्थानियतहमा नगरपालिकाले नगरवासीको स्वास्थ्यमा चासो देखाऊन थालेको छ ।

नगरपालिकाले ५ प्रकारका रोगी,बिरामीहरुलाई उपचारका लागी प्रतिब्यत्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेसँगै बिभिन्न स्वास्थ्य शिबिर समेत सञ्चालन गर्न थालेको छ । नगरकार्यापालिकाको बैठकबाट क्यान्सर, मुटु रोगी,मृर्गोला प्रत्यारोपण,बोनम्यारो ट्रान्सप्लान्ट,स्पाइनलकड इन्जुरी लगायतका रोग रोग लागेका बिरामीहरुलाई ससहयोग गर्ने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

अहिले सम्म ६५ जना भन्दा वढिले उपचारको सहयोग रकम लगिसकेका छन । यसैबिच बेलबारी नगरका प्रमुख ज्ञानेन्द्र सुवेदीले खर्च अभावमा कसैको ज्यान जान् नदिने बताएका छन । खर्चअभावमा कसैले ज्यान नगुमाउनुपरोस भनेर हामीले स्वास्थ्यका क्षेत्रमा ध्यान दिएका छौ सुवेदीले भने । गाँउ गाँउमा गएर नगरवासीको स्वास्थ्यका परिक्षण गराउने गरेको मेयर सुबेदीको भनाईरहेको छ ।

नगरवासी रोग लागेर थाला परेर नबसुन भन्ने लक्ष्य रहेको उनको भनाई रहेको छ । मेयर सुबेदीले भने हामीले चुनावमा जे बोल्यौ त्यो गर्छौ । त्यहि अनुरुप काम गरिरहेका छौँ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित