बिबाहित महिलाहरुले यसरी सिन्दुर लगाएमा बिग्रिन्छ श्रीमान-श्रीमतीको सम्बन्ध लगाउने सहि तरिका जान्नुस्

एजेन्सी : हिन्दू धर्ममा सिन्दूरको निकै नै महत्व हुन्छ । खासगरि बिवाहित महिलाले सिन्दूरलाई आफ्नो सिउँदोमा लगाउने गर्छन् । हिन्दू धर्मको मान्यता अनुसार विवाहित महिलाले सिन्दूर नलगाएमा अशुभ मानिन्छ ।सिन्दूर लगाउँदा कतिले गलत तरिकाले लगाउने गर्छन् जसले गर्दा श्रीमान श्रीमतीबीचको सम्बन्धमा नकरात्मक असर पर्छ । सिन्दूर लगाउँने पनि केही तरिका छन् ।

सिन्दूर सिउँदोको बीचमै पर्नेगरी लगाउनु

सिउँदोमा सिन्दूर लगाउँदा सधैँ सिउँदोको बीचमै पर्नीगरि लगाउनुहोस् । यदि कुनै महिलाले सिन्दूर लगाउँदा सिउँदोको बीचमा नभई किनारमा पर्नी गरी लगायो भने श्रीमान् बिस्तारै महिलाबाट टाढिन्छन् भन्ने मान्यता रहेको छ ।

छोटो सिन्दुर नलगाउनु

सिन्दूर लगाउँदा सधैँ लामो लगाउनुपर्ने मान्यता रहिआएको छ । लुकाएर लगाइएको छोटो सिन्दूरले श्रीमानलाई असर गर्ने बताइन्छ । भनिन्छ कि यस्तो गरी सिन्दूर लगाउँदा समाज बिस्तारै यस्ता महिलाका श्रीमानदेखि टाढिन थाल्छन् ।

प्रतिक्रिया

सम्बन्धित