गर्मीका कारण बीपी प्रतिष्ठानमा बिरामीको संख्या बृद्धि

धरान / केही समय अगाडिदेखि बढेको अत्याधिक गर्मीका कारण विशेष गरेर बच्चा र बृद्धबृद्धा बढी समस्यामा परेका छन् । गर्मीकै कारण गर्मीमा हुने अनेकन रोगका संक्रमणबाट पीडित भएका बच्चा तथा वृद्धाबृद्धा सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि बढी आउने गरेको पाइएको छ । विरामीमध्ये ७० प्रतिशत विरामी बालबालिका र बृद्धबृद्धा अहिले उपचारमा आउने गरेको पाइएको छ ।

६ दिन अगाडिदेखि बच्चा लगातार विरामी भएपछि उदयपुर गाइघाटका सुमन कार्कीले आफ्नो बच्चालाई उपचारका लागि प्रतिष्ठानको बच्चा ओपिडीमा ल्याउनुभयो । लगातार आएको ज्वरो, बमिट तथा झाडा पाखालले लगातार सताएपछि गाउमै भएको हेल्थ सेन्टर, प्राभइभेट मेडिकल पसलमा देखाएर औषधि खुवाएपनि बीसको उन्नाई नभएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याएको कार्कीको भनाई छ ।

कार्कीको बच्चाको समस्या मात्र हैन यस्ता समस्या प्रतिष्ठानमा आउने अन्य विरामी बच्चामा पनि परेको छ । धरान ११ की लक्ष्मी दर्नालले समेत चार दिनदिने आफ्नो बच्चालाई उपचार गराउन ल्याएको बताउनुभयो ।  सुमन र कार्कीमात्र हैन केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण बच्चाहरुमा झाडा पखाला, गर्मी, वमिट, टाइफाइट लगायतका समस्या लिएर आउनेको अभिभावकको संख्या बीपीमा अत्याधिक रहेको छ ।

यस्तै समस्या बृद्धाबृद्धामा समेत पर्ने गरेको छ । केही समयदेखि खुट्टाको घुडा दुख्ने तथा श्वास प्रश्वासको समस्या बढेपछि इटहरीका ७० बर्षीय टेकबहादुर बुढाथोकी पनि मेडिकल वार्डमा पालो कुरेर बसिराख्नु भएको थियो । विगतमा केही दिन श्वास प्रशासन बढेपनि औषधिमुलो गरेपनि विशेक हुने बताउने बुढाथोकी समेत समस्या बढ्दै गएपछि चिकित्सकलाई देखाउन आएको बताउनुभयो ।

अत्याधिक गर्मीका कारण बाहिरी भागमा काम गर्ने कामदारहरुलाई समेत समस्या बढदै गएको पाइएको छ । गर्मीकै कारण छालासम्बन्धी विभिन्न समस्या आएपछि अहिले छाला तथा यौन रोग विभागमा उपचार गराउनेको भीड थामिनसक्नु रहेको छ । मिसावटी खानपिन र बाहिरी काम गर्दा घामको तापलेगर्दा छालामा इलार्जी हुने बढी आउने गरेको चिकित्सकहरुले बताएका छन् । सम्पूर्ण विरामीको ५० प्रतिशत भन्दा बढी विरामी यस्तो समस्या लिएर आउने गरेको पाइएको छ । धरान १८ का बाबुराम कटुवाल ५ दिन अगाडि छालामा सामान्य विमिरा निस्केपछि मेडिकलबाट विभिन्न औषधि प्रयोग गर्दा पनि समस्या झन विकराल भएर गएपछि चेकजाचका लागि आएको कटुवाल बताउनुहुन्छ ।

गर्मीका समस्यमा बृद्धाबृद्धा तथा बच्चाहरुमा बढी समस्या देखिने भएकोल समाधान गर्न चिकित्सकहरुले सुझाएका छन । प्रतिष्ठानको बालरोग विभागमा कार्यरत चिकित्सक डा.शंकरप्रसाद यादवले गर्मीका समयमा बृद्धाबृद्धा र बच्चा बच्चाको स्वाथ्यमा बढी ध्यान दिनुपर्ने बताउनुभयो । उहाले गर्मीका दुषित पानी, अनावश्यक चिसो पिय पानी, बजारका सडकमा राखिएका जथाभावि खानेकुराले बढी समस्या बनाएकोले यस्ता चीजबाट बच्चाहरुलाई जोगाउनुपर्ने बताउदै बच्चालाई पातलो लुगा लगाइदिने, घाममा बढी हिडन नदिने तथा जथाभावि रुपमा खान दिनु नहुने सझाव डा. यादवले दिनुभयो ।

गर्मीकै कारण अहिले प्रतिष्ठानमा दैनिक ५हजार विरामीहरु उपचारका लागि आउने गरेका छन् । प्रतिष्ठानको मेडिसिन ओपिडी, बच्चा ओपिडी, छालामा मात्र केही दिनको भन्दा दोब्बर विरामी बढेको प्रतिष्ठानका विलक काउन्टरका कर्मचारी बताउछन् । केही समय अगाडि १ हजारदेखि १२ सय सम्म ओपिडीमा विरामी उपचारका लागि आउने गरे पनि अहिले ३ हजारको हाराहारीमा ओपिडीमा आउने गरेको कर्मचारीको भनाई छ । अत्याधिक भीडक कारण उपचारमा समेत कठिनाई हुने गरेको चिकित्सकहरुको भनाई छ । गर्मीका समयमा अन्य समय भन्दा बढी सावधान अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित