स्कुल स्कुलमा लागुऔषध सचेतना फैलाउदै एलाइभ

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिका वडा न १ मा रहेको एलाइभ फाउनडेसन नेपालले नगर भित्रका १० वटै वडामा रहेका माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लागुऔषध दुर्वेशनिवाट जिवनमा पर्ने असरहरुको वारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । फाउनडेसनले आज एभरेष्ट आवसिय अग्रेजि माविका कक्षा ९ र १० मा अध्ययन गर्ने १५० भन्दा वढि छात्र, छात्रा लाई लागुऔषतको लतवाट जोगिन अपनाउन सकिने सर्तकताका उपायहरुवारे जानकारी गराएको हो ।

फाउनडेसनले यस अघि नगरमा रहेका अन्य विद्यालय प्यागोडा,सिहवाहिनि मावि,अन्नपुर्ण आवशिय मावि, सुनाखरि मावि र वालमिकि स्कुलमा अध्ययन गर्ने विद्यार्थी हरुलाई पनि यस खाले अभिमुखि करण अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको सस्थाका अध्यक्ष विपिन गुरुङले बताउनु भएको छ । गुरुङ भन्नुहुन्छ सवै सरोकारवाला पक्षहरुको साथ र सहयोग पाउन सके आगामि केहि वर्ष भित्र मा नै यस क्षेत्रमा रेहेका लागुऔषत प्रयोग कर्ताको सङख्यामा यस्ता अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै नगरलाई लागुऔषत शुन्यसहनसिल नगरको रुपमा लैजाने फाउनडेसनको योजना रहेको उहाँले बताउनु भयो ।

२०७३ सालमा स्थापना भएको यस फाउनडेसनले अगाडिका वर्षहरुमा पनि आधा दर्जन भन्दा वढि सामाजिक कामहरु गर्दै आएको र आगामि दिनहरुमा पनि सामाजिक र जिवन बचाउ अभियानमा निरञ्तर लागि रहने सस्थाका सचिव अशोक राईले बताउनु भएको छ । नगरपालिकाको प्राविधिक साहायतामा सञ्चालित लागुऔषत सचेतना मुलक कार्यक्रमको सहजिकरण विगत २३ बर्ष देखि निरञ्तर रुपमा यस क्षेत्रमा परामर्श दाताको रुपमा काम गर्दै आउनु भएका झापा धुलावारी रिह्याव सेन्टरका परामर्श दाता फुर्वा शेर्पा (योल्मो) ले सहजिकरण गर्नु भएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित