कक्षा ११ काे विज्ञानबाट पनि हटाइयाे गणित

काठमाडौं । सरकारले कक्षा ११ र १२ काे पाठ्यक्रमबाट अनिवार्य गणित विषय हटाएसँगै कक्षा ११ काे विज्ञान विषयबाट समेत गणित हटाइएकाे छ । अब ११ कक्षामा गणित अनिवार्य त हुनेछैन नै, विज्ञानका विद्यार्थीले समेत गणित विषय पढ्न नपाउने भएका छन्।

गणितजस्ताे व्यावहारिक विषय पाठ्यक्रमबाट हटाएकाे भन्दै विज्ञहरूले चर्काे अालाेचना गरिरहेका छन् । यससँगै ‘गणितबिनाको विज्ञान’ पढ्न बाध्य बनाइएका नेपाली विद्यार्थीहरूकाे याेग्यता र क्षमताले विदेशमा मान्यता नपाउने प्रस्ट छ । स्वदेश तथा विदेशमा समेत विज्ञान तथा प्रविधि विषयमा उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीलार्इ यस व्यवस्थाले अप्ठेराेमा पार्ने चिन्ता छाउन थालेकाे छ।

पाठ्यक्रम विकास केन्द्रको बैठकले गत जेठ १८ मा पारित गरेको ‘राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५’ले जिवविज्ञान (बायोलोजी)का विद्यार्थीहरुका लागि कक्षा ११ र १२ मा गणित विषय अध्ययन गर्नबाट रोक लगाएको थियाे। शिक्षामन्त्रीको अध्यक्षतामा बसेको उक्त बैठककाे निर्णयमार्फत बायोलोजीका विद्यार्थीलाई गणित पढ्नबाट वञ्चित गराउनु गलत रहेकाे गणित विज्ञहरु बताउँछन् । यस व्यवस्थाले नेपाली विद्यार्थीलार्इ विश्व बजारमा प्रतिस्पर्धा गर्न समस्या हुने उनीहरूकाे भनाइ छ ।

विश्वका अधिकांश देशमा प्रचलित शिक्षा नियमावलीअनुसार बायोलोजीका विद्यार्थीले १०० पूर्णांकको गणित पढ्नैपर्ने हुन्छ । नेपालमै पनि इन्जिनियरिङजस्ता विषय पढ्न विज्ञानमा गणित पढेकाे हुनेपर्ने व्यवस्था छ । नयाँ व्यवस्थाले विदेशमा गएर विज्ञान, इन्जिनियरिङजस्ता विषय अध्ययनबाट अब नेपाली विद्यार्थी वञ्चित हुनुपर्ने अवस्था अाउन सक्छ ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीमध्ये भौतिकशास्त्र अध्ययन गर्ने विद्यार्थीले १०० पूर्णांकको गणित अनिवार्य पढ्नेपर्ने तर बायोलोजीका विद्यार्थीले भने गणित पढ्न नपाउने बनाइएकाे छ। यसअघि विज्ञान संकायमा भौतिकशास्त्र, रसायनशास्त्र, बायोलोजीसँगै गणित पढ्नुपर्ने व्यवस्था थियाे ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित