अब एसएमएसबाट सवारी चालक स्मार्ट लाइसेन्सको नतिजा र प्रिन्टको सूचना

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए या नभएको थाहा पाउने सिस्टम सञ्चालनमा ल्याएको छ ।

सवारी चालक अनुमतिपत्रको नतिजा र लाइसेन्स प्रिन्ट भएकाे र नभएको जानकारी एसएमएसबाट थाहा पाउन सकिने भएको हो । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिनेछ ।

स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउनकाे लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिने छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित