थाहा छ भूलेर पनि चिया पिउनु हुँदैन यस्ता कपमा, पुर्याउँछ यस्ताे हानि
हामी कतिपय अवस्थामा चिया, कफी या कोल्ड ड्रिंक पिउनका लागि स्टायरोफोम कपको प्रयोग गर्छौँ । तर यी कपमा केही यस्ता केमिकल्स हुन्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।
के हो स्टायरोफोम कप?
यो पोलिस्टायरिन नामक मटेरियलको ब्राण्ड नाम हो । यो मटेरियल फूड प्याकेजिंगको लागि प्रयोग गरिन्छ । यस मटेरियलमा केही यस्ता ग्याँसहरू हुन्छन्, जसले ओजोन तहलाई नोक्सान पुर्याउनुको साथै शरीरमा पनि नकारात्मक असर पार्छ ।
कसरी स्टायरोफोम कपले नोक्सान पुर्याउँछ?
यस कपमा पाईने पोलिस्टायरिन मटेरियल चिया वा कफीमा घुल्छ । यो शरीर भित्र गई विभिन्न किसिमको रोगहरू उत्पन्न गर्न सक्छ ।
१. स्टायरोफोम कपको नोक्सान
२. क्यान्सर हुनसक्ने आशंका बढ्छ ।
३. थायरोइडको समस्या उत्पन्न हुनसक्छ ।
४. आँखामा इरिटेशन हुनसक्छ ।
५. कफको समस्या उत्पन्न हुनसक्छ ।
६. थकान र कमजोरी हुनसक्छ ।
प्रतिक्रिया