अब कमजोर विद्यार्थीले ११, १२ मा गणित विषय पढ्नै नपर्ने

काठमाडौं । कक्षा ११ र १२ का गणित विषय पढ्न नपर्ने भएको छ । उक्त विषयमा कमजोर भएका विद्यार्थीहरुलाई अघिल्लो कक्षामा जान केही सहज भएको छ । तर, सरोकारवालाले भने कक्षा ११ र १२ बाट गणित विषय हटाएकोमा विरोध गरेका छन् ।

उनीहरुले गणित विषय हटाउँदा अन्य विषयलाई पनि नकारात्मक असर गर्ने तर्क गरेका छन् । गणितले तार्किक क्षमता वृद्धि गर्ने भन्दै उनीहरुले पाठ्यक्रमबाट गणित विषय नहटाउन आग्रह गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले गणित विषय हटाउने प्रस्तावसहितको मस्यौदा तयार पारेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित