धनपाल थानको रुखमा बलेको बत्ति आफै हट्यो

बेलबारी / मोरङको कसेनीमा रहेको पर्यटकीय स्थल धनपालथानमा साँझको समयमा रुखमा बल्ने गरेको उज्यालोे घटदै जान थालेको छ । साँझ ७ बजेदेखि ४÷५ वटा रुखमा पिलिकपिलिक उज्यालो बल्ने गरेको थियो । पानी पर्न थालेपछि अहिले सो बत्ति आफै घटन थालेको बेलबारी– ५ का अध्यक्ष विश्वबन्धु बस्नेतले बताएका छन । सो ठाँउमा ‘जुनकीरीजस्तै एकैसाथ रुखमा बल्ने गरेको थियो ’, अध्यक्ष बस्नेतले भने, ‘दैवी शक्तिको उत्पत्ति भएको भन्दै हेर्नेको भीड लाग्ने गरेपनि भिड समेत घटेको छ ।

प्रचारप्रसार तथा संरक्षणको अभवामा रहेको धनपालथानमा अहिले दैनिक १ हजारभन्दा बढी मानिस जान थालेका छन् । ७ बजेपछि ट्रयाक्टरदेखि स्कारपियोमा चढेर विभिन्न किसिमका मानिसहरू सो बत्ती हेर्न आउने गरेको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । सो बल्ने चिज जुनकिरी नै भएर पानी परेको समयमा अन्यत्र बासस्थानका लागी गएको अनुमान गरीएको वडा नम्बर ५ का वडाध्यक्ष बस्नेतले बताए ।

३५ बिघा क्षेत्रफलमा रहेको धनपालथानको ६ बिगाह जग्गा भने स्थानीयले अतिक्रमण गरेका छन् । गौचरनका रूपमा परिणत भएको पर्यटकीय क्षेत्र संरक्षणको पर्खाइमा रहेको छ । धनपालथानको संरक्षण गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । धनपालथानमा ३ वटा पोखरी रहेका छन् । अन्य ४ वटा पोखरीको अस्तित्व भने मेटिइसकेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित