आङ्ग खस्ने समस्या भएका महिलाहरुलाई निशुल्क शल्यक्रिया

लौकही । सुनसरीको कोशी गाउँपालीका क्षेत्रमा स्वास्थ्य शिविरबाट छनोट भएका आङ्ग खस्ने महिलाहरुलाई निशुल्क शल्यक्रिया गरिएको छ । सुनसरीको कोशी गाउँपालीका वडा २ तथा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरको सहयोगमा ग्रामीण विकास समाज नेपालले कोशी क्षेत्रका १६ जना आङ्ग खस्ने महिलाहरुलाई ६० हजार लाग्ने शल्यक्रिया निशुल्क गरेको हो ।

आङ्ग खस्ने समस्या भएका महिलाहरु मध्ये निशुल्क शल्यक्रिया गराउनेहरुमा सितादेवी यादव,सरस्वत्तिदेवी मोची,कमलादेवी यादब ,आलुदेवी मण्डल,जिरादेवी मण्डल,दुल्तीदेवी मण्डल,सरस्वती देवी यादव,दुबयादेवी मण्डल,लुचनीदेवी,यादव,ऐकनीदेवी मण्डल,सुकोदादेवी मण्डल,ज्यनतीदेवी मण्डल,ईश्वरीकुमारी मण्डल ,जितनिदेवी सदा,लखयादेवी राई र रामबतीदेवी यादव रहेको ग्रामिण विकास समाज नेपालका अध्यक्ष शमशाद अन्सारीले बताए ।

स्वास्थ्य शिविरबाट छनोट भएका महिलाहरुलाई निशुल्क शल्यक्रिया गराउन कोशी गाउँपालीका वडा नम्बर २ का अध्यक्ष हिरालाल यादव,सचिव श्यामकिशोर मण्डल,विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका डा। कृष्ण कटेल,चन्दन पासाङ लगायतले सहयोग गरेको ग्रामिण विकास समाज नेपालका अध्यक्ष अन्सारीले बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित